ध्वाँसे चितुवाको छाला र सालकको खपेटा बिक्री वितरण गर्ने पक्राउ

232

काठमाडौं / कोटेश्वर भाटभटेनी अगाडी संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार संरक्षित वन्यजन्तुको कारोवार हुँदैछ भन्ने विशेष सुराकीका आधारमा अपराध महाशाखाको विशेष प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास तथा खानतलासी गर्दा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी वडा नं १३ घर भएको वर्ष-२१ को रोशन राना मगरले बिक्री वितरण गर्ने उद्देश्यले आफ्नो साथमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला र दुर्लभ वन्यजन्तु सालकको खपेटा बोकी हिंडेको अवस्थामा पक्राउ गरिएको हो ।

संरक्षित ध्वाँसे चितुवाको छाला एक थान र दुर्लभ वन्यजन्तु सालकको खपेटा २.४ के.जी.पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here