अमेरिकामा पस्न खोज्ने ३२५ बढी भारतीय पक्राउ, नेपालीहरू फस्याे

100

एजेन्सी / अमेरिकामा अवैध रुपमा प्रवेश गर्न प्रयास गरिरहेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिको सरकारले भारत फर्कादिएको छ ।

एक महिलासमेत रहेका उक्त समूह दिल्ली पुगिसकेको छ । फर्काएका मानिससँग मेक्सिकोमा बस्नको लागि आवश्यक कुनै पनि कागजात थिएन । यसै कारणले तिनलाई फिर्ता गरिएको मेक्सिकोका अधिकारीले जनाएका छन् ।  मेक्सिकोको राष्ट्रिय आप्रवासनसम्बन्धी संस्थानले बुधबार जारी गरेको एक प्रेस विज्ञप्ती अनुसार मेक्सिकोमा बस्न आवश्यक सर्त पूरा नगरेका भारतीयहरुलाई टोलुबा सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली फर्काइएको हो । ’

भारतीय संचारमाध्यमा अनुसार यी सबै भारतीय पछिल्लो केही महिनामा अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगबाट गैरकानूनी ढंगले मेक्सिकोको पुगेका थिए । उनीहरु मेक्सिकोको मार्गबाट अमेरिका प्रवेश गर्न खोजेका थिए । भारतमा अवतरण गरिसकेपछि समूहका एक सदस्य गौरव कुमारका अनुसार ,‘हाम्रो एजेन्टले हामीलाई जंगलको बाटो त्यहाँ पु¥याएका थिए । करिब दुई हप्तासम्म हामी जंगलमा हिडेका थियौं । त्यसपछि हामी पक्राउ प¥यौं र हामीलाई मेक्सिकोबाट निकालियो । भारतीय छानेर निकालियो । जबकि हामीसँगै रहेका श्रीलंका, नेपाल र क्यामरुनका नागरिक अझै त्यहाँ छन् । मैले आफ्नो खेत, सुन र सबै बेचेर जम्मा गरेको १८ लाख भारु एजेन्टलाई तिरेको थिएँ ।’

अमेरिकाका राष्ट्रपति ट्रम्पले यही वर्षको जूनमा मेक्सिकोलाई चेतावनी दिँदै भनेका थिए ,‘यदी मेक्सिकोले आफ्नो देशको सिमा हुदैं आउने आप्रवासीहरुलाई नियन्त्रण गरेन भने मेक्सिकोबाट हुने सबै आयात सामाग्रीमाथि भंसार शुल्क लगाइनेछ ।’ ठूलो संख्यामा मानिसहरु अमेरिका जानको लागि मेक्सिको प्रयोग गर्छन् । अमेरिकाको दक्षिणी सिमाना मेक्सिकोसँग जोडिएको छ ।

भारतका लागि मेक्सिकोको राजदूत फेडेरिको सालासले यसबारे बोल्दै भने ,‘ मेक्सिकोको नयाँ सरकार आप्रवासी नीतिमा सुधार गर्ने दिशामा काम गरिरहेको छ । साथमा हाम्रो सरकार देशभित्र कोही पनि गलत तरिकाबाट नबसोस भन्ने सुनिश्चित गराउन पनि चाहन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here