दक्षिण एसियाली खेलकुद लागि भारोत्तोलन टोली कोरिया प्रस्थान

222

काठमाडौं / १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीका लागि नेपाल–कोरिया संयुक्त प्रशिक्षण कार्यक्रमअन्तर्गत नेपाली भारोत्तोलन टोली कोरिया प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले सो टोलीलाई शुक्रबार बिदाइ गरेका छन् । कोरियन भारोत्तोलन महासंघको निमन्त्रणामा भारोत्तोलोलन टोली दोस्रो पटक प्रशिक्षणमा जान लागेको हो । टोली शनिबार कोरिया प्रस्थान गर्नेछन् । कोरियाको नेस्नल ट्रेनिङ सेन्टर चिनचोङमा खेलाडीले विशेष प्रशिक्षण लिनेछन् । सहभागी खेलाडीमा ५५ केजीकी सन्जु चौधरी, ६४ केजीकी देवीकुमारी चौधरी, ७६ केजीकी तारा देवी पुन, ८१ केजीकी लक्ष्मी वन विष्ट रहेका छन् । त्यसैगरी, पुरुषतर्फ ७३ केजीका कमलबहादुर अधिकारी, ८१ केजीका विकास थापा, ९६ केजीका विशालसिंह विष्ट, १०९ केजीतर्फ सागर भण्डारी रहेका छन् ।

सो प्रशिक्षण कार्यक्रममा दुई कोचको सहभागीता रहेको छ । जसमा वरिष्ठ मुख्य प्रशिक्षक राम पौडेल र वरिष्ठ प्रशिक्षक विकास शाक्यले खेलाडीको टोलीसँगै कोरियामा प्रशिक्षणका लागि जाँदै छन् । यो टे«ेनिङले १३औं सागबाट नेपालले भारोत्तोलनमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास नेपाल भारोत्तोलन संघले लिएको छ ।

टेनिस टोली चिनतर्फ

चीनको सिन्जेनमा हुने डब्लूटीएफ फ्युचर स्टार प्रतियोगितामा सहभागी हुने नेपाली लनटेनिस खेलाडीको शुक्रबार विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सो टोलीको बिदाइ गरे । चिनमा २० देखि २८ अक्टोबरसम्म हुने सो प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सर्भेनी श्रेष्ठ र अभिलाशा विष्टले सो प्रतियोगितामा खेल्नेछन् । कोचतर्फ रेनदेवी कुण्डा चीन जाँदै छिन् । टोली शनिबार चीनतर्फ प्रस्थान गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here