प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण, रिपोर्ट आउन बाँकी

72

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट फर्किएपछि पहिलोपटक नेपालमा स्वास्थ्य परीक्षण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ९शुक्रबार० धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् । उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आज वा भोलिभित्रै आउनेछ ।

सिंगापुरमा उनको प्लाज्मा फेरिसस उपचार विधिबाट मिर्गौलाको एन्टीबडी हटाइएको थियो । सिंगापुरमा उपचार गराएर फर्किएपछि पहिलो पटक स्वास्थ्य जाँच गराएका हुन् । स्वास्थ्य जाँचको लागि मात्रै अस्पताल गएको भनिएपनि उनी अस्पतालमा विहान ९ बजेदेखि साँझसम्म अस्पतालकै एक भिआईपी क्याविनमा बसेको अस्पताल सूत्रको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here