नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज

21

काठमाडौं– सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्न लागेका हुन् ।

जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋणमा बनाउन लागिएको सुरुङमार्गको निर्माण ३ वर्ष ६ महिनामा सक्ने लक्ष्य राखिएको छ । २.७ किलोमिटर लामो हुने यो सुरुङमार्ग काठमाडौंतर्फ थानकोटस्थित नेपाल आयल निगमको डिपोभन्दा तलबाट सुरु भइ धादिङतर्फ धुनिबेसी नगरपालिकाको सिस्नेखोलामा अन्त्य हुने छ ।

सुरुङमार्ग बनेपछि नौबीसे–नागढुंगा क्षेत्रको जाम अन्त्य हुने र यात्रा पनि छिटो हुने
जनाइएको छ ।

शिलान्यासपछि केही तयारी सकेर निर्माणकार्य अघि बढाइने नागढुंगा–नौबीसे सुरुङ मार्गका प्रमुख श्यामकृष्ण खरेलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here