नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट ३ जना पक्राउ

456

काठमाडौं– काठमाडौंको बौद्धस्थित नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो ।

प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।

 पक्राउ पर्नेको परिचय भने खुलाएको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here