नेपाली सेनाकी तुलसा खत्रीले राखिन् राष्ट्रिय कीर्तिमान

71

काठमाडौं / चीनमा सञ्चालन भइरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् । आज मंगलबार भएको ट्र्याक एण्ड फिल्ड अन्तर्गत सञ्चालन भएको महिलातर्फको ४ सय मिटर दौड ५९.५७ सेकेण्डमा पूरा गरी यसअघिको ५९.९० सेकेण्डको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । खत्रीले सन् २०१० मा प्रमिला रिजालले राखेको कीर्तिमान तोडेकी हुन् ।

मंगलबार नै सञ्चालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सेकेण्डमा पूरा गरी व्यक्तिगत रेकर्ड सुधार गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here