मोहन बैद्यद्वारा प्रचण्डबारे कडा टिप्पणी

232

काठमाडौं / नेकपा क्रान्तिकारी माओवादीको अध्यक्ष मोहन बैद्यको पार्टीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे कडा टिप्पणी गरेको छ । प्रचण्डले राजनीतिक गुरु मान्ने गरेका  बैद्यको  क्रान्तिकारी माओवादी पार्टीले प्रचण्डले प्रधानमन्त्री हुन नपाएको भन्दै रुँदै हिँडेकोप्रति दयाभाव देखाएको छ ।

पार्टीले भनेको छ, ‘प्रधानमन्त्रीको आलोपालो भएन भनेर रुँदै हिँडेका छन् । कहिले माधव नेपाल, कहिले बामदेव गौतम त कहिले ईश्वर पोखरेल कहाँ गएर बिन्तीभाउ गरिरहेका छन् ।’ तत्कालीन नेकपा एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति भएको सार्वजनिक भएपनि प्रधानमन्त्री नपाउँदा प्रचण्ड असन्तुष्ट छन्।

प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा शंका गरिरहेका बेला क्रान्तिकारी माओवादीले प्रचण्डले एमाले नेताहरूसामु बिन्तीभाउ बिसाउन थालेका टिप्पणी गरेको छ । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ले कात्तिक २ र ३ गते बसेको केन्द्रीय समितिको बैठकले उपचुनावमा भाग नलिने लगायतका निर्णय गरेको छ।

निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सीपी गजुरेलले सामाजिक सञ्जालबारे ओली र प्रचण्डले गरेको टिप्पणीको पनि आलोचना गरे । ‘प्रचण्ड फेसबुक हेर्न नसकिने भयो भन्नुहुन्छ । प्रधानमन्त्री ओली पत्रकारले बाआमालाई पनि तपाईं भन्दैनन् भनेर टिप्पणी गर्ने अवस्थामा पुगिसक्नुभयो । यो उहाँहरूले गरेको कार्यकै उपज हो । नेतृत्वले जे गर्छ त्यही सामाजिक सञ्जालमा पोखिन्छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here