प्रहरीको दबाबमा उजुरी दिएको रोशनीको अभिव्यक्ति

74

काठमाडौं / संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको उद्योग गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको थियो । तर, रोचक के रह्यो भने सोही अदालतमा त्यति नै बेला स्वयं पीडित भनिएकी शाही भने महराले आफूलाई बलात्कार नै नगरेको भन्दै निवेदन दिन पुगेकी थिइन् ।

शाहीले आवेशमा आएर महराविरुद्ध अभिव्यक्ति दिएको र प्रहरीको दबाबमा उजुरी गरेको बारम्बार भन्दै आएकी छिन् । पीडित भनिएकी महिलाले नै आफू पीडित नभएको भने पनि महरालाई हिरासतमा राखिराख्नुले उनीमाथि केही समययता षड्यन्त्र गर्न थालिएको पुष्टि हुन्छ । पछिल्ला केही घटनाक्रमले पनि महरा प्रकरण षड्यन्त्र हो भन्ने आशंकामा बल पु¥याएको छ ।

घटनाक्रमअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि नेपालका लागि अमेरिकी राजदूतले आफ्नो सक्रियता ह्वात्तै बढाएका थिए । त्यस क्रममा एमसीसी प्रोजेक्ट संसद्बाट अनुमोदन नभएकोमा राजदूतले नेपाली नेताहरूसमक्ष असन्तुष्टि प्रकट गरेका थिए । त्यस्तै, पीडित भनिएकी महिला रोशनी शाहीले पटकपटक बयान बदल्नुले उनी गम्भीर मानसिक समस्यामा रहेको पनि पुष्टि हुन्छ, तर प्रहरीले भने यसतर्फ नजरअन्दाज गरिरहेको छ ।

शाहीको परिवारसँग महराको चिनजान धेरै लामो समयदेखि देखिन्छ, जुन कुरा महरा स्वयंले स्वीकार गरेका छन् । पछि उनी मानसिक समस्यामा परेपछि महराले सहयोग गर्दै आएका थिए, यसलाई उनका विरोधीहरूले गलत रूपमा व्याख्या गर्ने गतिलो माध्यमका रूपमा लिए । शाही र महराको पारिवारिक सम्बन्धबारे नेकपामा कोही नेता पनि अनभिज्ञ थिएनन् । स्वयं प्रधानमन्त्री केपी  ओली पनि यसबारे पूर्णतः जानकार भएको बुझिन्छ । तर, पार्टीको गुटगत मतभेदको शिकार महरा बन्न पुगेको आशंका बढाएको छ ।

हालै मात्र एउटा सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले एमसीसी प्रोजेक्ट संसद्बाट अनुमोदन नहुनुमा असन्तुष्टि प्रकट गर्नु भएको छ । एमसीसी प्रोजेक्टलाई प्राथमिकता दिएको भए सायद चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण अनिश्चित हुनसक्दथ्यो । तर, त्यस्तो चाहनेहरूको आकांक्षामाथि महराले तुषारापात गरिदिएका थिए । त्यसकारण पनि महरा त्यस्ता पक्षको कोपभाजनमा परेको हुन सक्ने आशंका गरिएको छ ।

यसैबीच महरामाथि लगाइएको आरोपको समाचार सार्वजनिक गर्ने व्यक्तिका रूपमा प्रचारित पत्रकार अजयबाबु शिवाकोटीलाई अमेरिकामा कार्यरत नेपाली पत्रकारहरूको संगठनले पुरस्कृत गरेर अमेरिका आमन्त्रण गरेपछि यो घटना झनै रहस्यमय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here