काठमाडौं / आजको आधुनिक युगमा युवा होस् या युवती प्रायः सबैले धुमपान गर्ने बानीमा परेका छन् । युवायुवतीमा चुरोट पिउनु स्टाइलको श्रेणीमा आउन थालेको छ । फिल्मका सुपरस्टारहरुले फिल्म भित्रमात्र होइन, सार्वजनिक जीवनमा समेत धुमपान गर्ने खबरले युवापुस्तामा धुमपानको गर्ने बानी झन्-झन् बढिरहेको छ । तर, जब कुनै व्यक्तिले धुम्रपान गर्न थाल्छ, उसले यो बानीलाई हत्तपत्त हटाउनै सक्दैन ।
अधिकांश युवाहरुलाई धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुराको राम्रो जानकारी छ । यद्यपि, उनीहरु चाहेर यो नराम्रो बानीबाट छुटकारा पाउन सकिरहेका हुँदैनन् । तर, केही उपायहरु अपनाइयो भने यो प्राणघातक चुरोट पिउने बानीबाट तपाईंले सहजै छुटकारा पाउन सक्नुहुनेछ ।
१. बोजोको टुक्रा : आफ्नो खल्तिमा चुरोटको प्याकेट होइन, बोजोका टुक्राहरु राख्न थाल्नुहोस् । जब-जब तपाईंलाई चुरोट पिउन मन लाग्छ, त्यही बोजो चपाउन थाल्नुहोस् । तपाईंको चुरोट पिउने चाहना आफैं कम भएर जान्छ ।
२. चुइगम चपाउने : चुरोट पिउन मन लाग्ने बित्तिकै चुईंगम चपाउन थाल्नुहोस् । यसले तपाईंको मुख पनि व्यस्त हुन्छ र तपाईर्लाई चुरोट पिउनबाट ध्यान भंग गर्नसक्छ ।
३. डाइटमा ओट्स : आफ्नो डाइटमा ओट्सलाई समावेश गर्नुपर्छ । ओट्सले शरीरको टक्सिनहरुलाई बाहिर निकाल्छ, जसका कारण तपाईंको धुम्रपान गर्ने इच्छालाई कम गराउँछ ।
४. अमलाको टुक्रा : अमलाको टुक्रामा नुन मिसाएर सुकाउनुपर्छ । धुम्रपान गर्नुभन्दा ठिक अघि त्यो अमलालाई मुखमा राखेर चुस्नुपर्छ । त्यसमा हुने भिटामिन-सीले निकोटिन सेवन गर्ने चाहनालाई कम गरिदिन्छ ।
५. दालचिनी चपाउने : चुरोट पिउने इच्छा भयो भने दालचिनी चपाउनुपर्छ अथवा दालचिनीको टुक्रालाई मुखमा राख्नुपर्छ । दालचिनीको स्वारले निकोटिन सेवन गर्ने चाहनालाई घटाउँछ ।
६. पानी पिउने : दिनभरीमा ६ देखि ८ गिलास पानी पिउनुपर्छ । यो मात्रामा पानी पिएमा तपाईंको शरीर हाइड्रेट रहनुका साथै शरीरबाट डरलाग्दा टक्सिनहरु समेत बाहिर निस्कन्छन् ।
७. बेकिङ सोडा : बेकिङ सोडाले हाम्रो शरीरमा पीएच लेभललाई सन्तुलित गराईराख्छ । जसबाट निकोटिन लिने चाहनामा पनि कमी आउँछ । दिनमा दुई-तीन पटक पानीमा बेकिङ सोडा घोलेर नै पिउन सकिन्छ ।
८. मह : जब-जब तपाईंलाई चुरोट पिउन मन लाग्छ । एक चम्चा मह चाटिदिनुपर्छ । यसले धुमपानबाट हुने हानिलाई ठिक गराउँछ ।