चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक (भिडियाे) सहित

205

काठमाडौं / नेपाली कथानक चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएकाे छ । फिल्म युनिटले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । कमेडी, एक्सन र रोमान्सले भरिएको ट्रेलरमा आर्यन र मिरुनाको प्रेम देखाइएको छ ।
साम्तेन भुटियाको सम्पादन र निर्देशन रहेको यो चलचित्र आर्यन र साम्तेनका कारण प्रतीक्षित चलचित्र पनि हो । साम्तेनलाई राम्रो चलचित्र निर्देशन गर्ने निर्देशकका रुपमा लिइन्छ । अमृत गोले लामाले लगानी गरेको यो चलचित्र एजीएल इन्टरनटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन देख्न सकिनेछ भने सिजन दाहाल र सन्देश अर्यालले पटकथा लेखेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here