देउसी भैलो खेल्न हिँडेका समुहको ट्याक्टर दुर्घटना

182

गुल्मी / गएराती गुल्मीमा दुर्घटनामा १५ जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले जनाए ।

देउसी भैलो खेल्न हिँडेका समुह ट्याक्टरमा सवार गरिरहेको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते मध्ये गम्भीर घाइते इस्मा गाउँपालिका वडानम्बर ६ बुल्म घर भएकाहरु ४० वर्षिय भुपेन्द्र कुमाल, २३ वर्षिय पदम कुँवर, १२ वर्षिय शेरे कुमाल, २९ वर्षिय प्रेम कुमालको पाल्पामा उपचार भइरहेको प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जनाए ।

दुर्घटनामा परेर घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनिहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकमै पल्टीएको छ ।दुर्घटनामा परेर ट्याक्टर चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here