प्रधानमन्त्री ओली र प्रचण्ड नजिक भएपछि माधवलाई तनाव

230

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध फेरि सुध्रिएको छ । पार्टी एकता यता अध्यक्षद्धयबीचको सम्बन्धमा उतारचढाव आईरहेको छ । पछिल्लो समय अध्यक्ष प्रचण्डले पार्टी एकता ताका गरेको ओलापालो सरकारको नेतृत्व गर्ने भद्र सहमति कार्यान्वयनको प्रसँ उठाएर अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग निहुँ खोजिरहेका छन् । उनी पक्षधर नेताहरुले समेत उक्त सहमति कार्यान्वयनमा जोड दिँदै आएका छन् ।

अध्यक्षद्धयबीचको आलोपालो सरकारको नेतृत्वको सहमति कार्यान्वयन गर्नेतर्फ ओली गम्भिर नभएको प्रचण्डको आरोप छ । तर, ओलीले भने उक्त सहमति कार्यान्वयनको लागि आफू गम्भिर रहेपनि यो हल्ला गर्ने कुरा नभएको जनाउँदै आएका छन् । यही भएर प्रचण्डले ओलीसँग रुष्ट रहेका नेता माधव कुमार नेपाल र सचिवालय सदस्य बामदेव गौतमसँग छलफल गरेर संघर्ष गर्ने तयारी थालेका थिए । यो बीचमा प्रचण्डले सहमति कार्यान्वयनको लागि ओलीका विश्वासपात्र ईश्वर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।

ओली अजरबैजान गएपछि पनि प्रचण्डले ओलीविरोधी नेताहरुसँग हिमचिम बढाएका थिए । नारायणकाजी श्रेष्ठको मध्यस्थतामा उनले नेता नेपाल र वामदेवसँग भेटवार्ता गरेका थिए । विराटनगरमा आयोजित पार्टीको एक कार्यक्रममा प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको जनाएका थिए । आफू पनि मदन भण्डारी नै हो भन्ने अभिव्यक्ति दिएका थिए ।

हिजोमात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आफू र प्रचण्डबीच दूरी नबढेको स्पष्ट पारेका छन् । ओलीले विमानस्थलमा बोल्दै गर्दा यता प्रचण्डले भक्तपुरमा आयोजित एक कार्यक्रममा सरकारको प्रशंसा गरेर ओलीसँग आफ्नो सम्बन्ध सुमधुर रहेको सन्देश दिए । अहिले दुवै अध्यक्षबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको छ । तर, माधव नेपाल भने फेरि ओली–दाहाल सम्बन्धमा एक्लो बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here