दुई राउण्ड गोली सहित पक्राउ

73

धनुषा / बिदेह नगरपालिका-९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डललाई २ राउण्ड गोली सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरका मोटरसाइकल जाँचको लागि रोक्ने क्रममा मोटरसाइकल छाडी भाग्न खोजेका मण्डललाई प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले उक्त गोली र दुबै मोटरसाइकल सहित पक्राउ गरेको हो ।

हाल फरार रहेका उक्त मोटरसाइकलमा सवार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here