राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा ज्ञानेन्द्र मल्ल

306
काठमाडौं / नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।
 
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।
 
पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here