यस्ता छन्- स्तन क्यान्सरका लक्षण र कारणहरु

34

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् ।

क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन:

– स्तन वा पाखुरामुनि गिर्खा हुनु,
– गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
– स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन हुनु । जस्तै( रातोपना, चाउरएिजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरपिरकिो छालाामा कत्ला निस्केको वा सुन्निएको ।)
– स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै( रातो, सफा वा पहेँलो, हरयिो अथवा पीपजस्तो आउनु ।)
– स्तनको मुन्टो दुख्नु ।
– स्तनमा निको नहुने घाउ हुनु ।
– गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
– सबै गिर्खाहरू क्यान्सर होइनन् । दसमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे तापनि निम्नलिखित कारणहरूलाई जोखिम तत्त्व मानिएको छ :

-महिला, विशेष गरी प्रौढावस्था ।
-वंशाणुगत (आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा । जेनेटिक कारण ।
-१२ वर्षभन्दा पहिले महिनावारी भएका र ५५ वर्षपछि रजोनिवृत्ति भएका महिला । नियमित मदिरा सेवन गर्ने महिला ।
-गर्भ नतुहिने औषधी (डीईएस) सेवन गरेका महिला । -लामो समयसम्म परविार नियोजनका लागि हार्मोनल पिल्स वा सुई प्रयोग गरेका महिला । रजोनिवृत्तिका पाश्र्वप्रभाव घटाउन हार्मोन रप थेरापी लिएका महिला ।
-मोटोपना (मोटो महिलामा एस्ट्रोजन हार्मोन बढी उत्पादन हुन्छ । जुन स्तन क्यान्सरको कारक तत्त्व हुनसक्छ । )
-कहिल्यै गर्भवती नभएका वा ३० वर्षपछि बच्चा जन्माएका महिला । -विकिरण बच्चा वा युवावस्थामा छातीको क्यान्सर वा अन्य रोगका लागि विकिरण उपचार गरेका महिला ।
-स्तन कोषको असामान्य वृद्धि भएमा ।
-निष्त्रिय जीवनशैली तथा बढी चिल्लो खाने महिलामा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here