चिनियाँ ब्राण्ड रियलमी ५ बजारमा आउँदै यस्ता छन् विशेषताहरू

374
काठमाडौं / रियलमी नेपालले बजारमा नयाँस्मार्ट फोन ल्याउने तयारी गरेको छ। चिनियाँ ब्राण्ड रियलमीले नयाँ फोन स्वरूप रियलमी ५ ल्याउने तयारी गरेको हो। कम्पनीले जनाए अनुसार यस स्मार्टफोन मिड रेञ्ज अन्तर्गत पर्दछ। अव फोन छिटै नै बजारमा आउने तयारीमा छ।
यस स्मार्टफोनमा  ६.५ इन्चको डिस्प्ले जडान गरिएको छ। स्न्यापड्रागन ६६५ प्रोसेसर रहेको छ,जसले  फोन ह्याङ हुनबाट बचाउँछ र प्रयोगकर्तालाई सहज अनुभव दिन्छ।  कम्पनीका अनुसार रियलमी५ दुई भेरियन्टहरूमा आउने तयारीमा छन्।
दुबैमा ४ जिबि र्याम रहेको छ ।  स्टोरेज क्षमता भने ६४ जिबी र १२८ जिबी  रहेको छ ।  रियलमीले यस फोनमा ४ क्यामेराहरु दिएको छ। यी ४ क्यामेराहरुको प्रयोग गरी प्रयोगकर्ताहरुले ४ भिन्न प्रकारको फोटो खिच्न सक्नेछन्।
पहिलो २ एमपी गहिराइ सेन्सर हो। जुन मुख्य क्यामेरालाई पोर्ट्रेटशटहरू क्याप्चर गर्न मद्दत गर्दछ।
दोस्रो सेन्सर चाहिँ ८ एमपीको वाईडएन्गल सेन्सर हो,जसले प्रयोगकर्ताहरूलाई फराकिलो कोणका फोटोहरू क्याप्चर गर्न मद्दत गर्दछ।
फोनमा जडान गरिएको २ एमपी म्याक्रो लेन्सले प्रयोगकर्तालाई म्याक्रोशटहरू क्याप्चर गर्न मद्दत गदर्छ।
सामान्य १२ एमपीको फराकिलो क्यामेराले सामान्य शटहरू क्याप्चर गर्न गदर्छ।
यसमा रहेको ५ हजार क्षमताको ब्याट्रीले सामान्य फोन प्रयोगकर्ताहरुलाई २ दिनसम्म टिकाउँछ।
स्प्लास रेसिस्टेन्ट डिजाइनको सहयोगको फोनले यसको बाहिरी भागमा पानीको हल्का फोकाहरू प्रतिरोध गर्न सक्छ।
रियलमी५  ब्लु र पर्पल रङको रहेको छ  भने रियलमी५ का अन्य मूख्य विशेषताहरु यस प्रकार रहेका छन् ।
डिस्प्लेः ६.५इन्च
प्रोसेसरः स्न्यापड्रागन ६६५ (अष्टकोर)
ब्याक क्यामेराः १२÷८÷२ एमपी
फ्रन्ट क्यामेराः १३ एमपी
र्यामः ४ जीबी
स्टोरेजः ६४ र १२८ जीबी
ब्याट्रीः५ हजार क्षमता
अपरेटिंगप्रणालीः एन्ड्रोइड ९
कलरः ब्लु र पर्पल
हाल यस फोनको  को मूल्य निर्धारण नगरे पनि फोन धेरै प्रतिस्पर्धी मूल्यमा प्रक्षेपण हुने कम्पनीको दावी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here