बालिका अपहरणको  गरेकाे आरोपमा दुई भारतीय युवा पक्राउ

45

राजविराज /  सप्तरीको हनुमाननगरबाट पक्राउ परेका दुई भारतीय युवा बालिका अपहरणमा संलग्न रहेको प्रहरीले जनाएकाे छ ।  हनुमाननगर बजारमा एक बालिकालाई चिया बिस्कुटको लोभमा पारी जबरजस्ती उठाएर लाँदै गरेको अवस्थामा बिहीबार अपरान्ह दुईजना भारतीय युवालाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला सुपौल ग्राम बथनाहा वडा नं। १८ बस्ने उमेश गोसाईंको छोरा वर्ष २० को आनन्दकुमार गोसाईं र वार्ड नं. ४ बैरियाघाट बस्ने नरेश झाको छोरा वर्ष १८ को अनिलकुमार झा रहेका छन् । उनीहरु बच्चा चोर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारका अमित शर्माको भान्जी जिल्ला मोरङ डाडरबैरीया गाउँपालिका ५ कर्चिया बस्ने संजय शर्माको छोरी वर्ष ८ की आँचल शर्मा हाल आफ्नै हजुर बुवाको श्राद्धकर्ममा आएका थिए । सोहीबेला आंगनमा खेल्दै गरेको अवस्थामा उनीहरु जबरजस्ती उठाएर लाँदै गरेको प्रहरीले बताएको छ । पक्राउ परेका ती दुई जनाले बालिकालाई साइकलमा बोकी लगिरहेको अवस्थामा बालिकाकी हजुरआमा साबित्रीदेवी शर्माले देखेपछि हो–हल्ला गर्दा स्थानीयबासीहरुले समातेका थिए ।

यसरी समातिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीको कमाण्डमा तत्काल खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । पक्राउ रेकाहरुको खानतलासी गर्दा तीन थान बोरा भेटिएको प्रनाउ भारतीले जनाउनुभयाे । एक थान साइकलसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here