पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै

203
kf]v/f, !^ sflQs -/f;;_ M cGt/fli6«o kj{tLo ;ªu|xfno g]kfn kj{tf/f]x0f ;+3åf/f kf]v/f–!& /ftf]k}x|fdf ;~rflnt cGt//fli6«o kj{tLo ;ªu|xfno . t:jL/M xl/ afF:tf]nf

पोखरा / पर्यटकीय नगरी पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा–१७ रातोपैह्रामा सञ्चालित संग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको छ ।

नेपाल पर्वतारोहण संघद्वारा खरीद गरेको १०० रोपनी जग्गामा निर्माण गरी १ दशकअघिदेखि सञ्चालनमा आएको संग्रहालयमा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।

उनले जनाए अनुसार संग्रहालय खुला गरिएयता हालसम्म विद्यार्थी ९ लाख ३४ हजार, ६६७, सर्वसाधारण नेपाली ७ लाख, २० हजार २३६, सार्कस्तरीय पर्यटक १ लाख ७८ हजार ३७, अन्य विदेशी राष्ट्रका २ लाख ५५ हजार ५१६ जनाले टिकट काटेर अवलोकन गरेका छन् ।  ३६५ दिनै खुला रहने संग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्र २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गरेको जनाउँदै  उनले बगैंचा र निःशुल्करुपमा अवलोकन गर्नेको संख्यासमेत उल्लेखनीय रहेको जनाए । संग्रहालयमा विश्वका ८ हजारभन्दा बढी उचाइ भएका १४ वटा, ७ हजार ५०० देखि ७ हजार ९९९ उचाइसम्मका ४०, ६ हजारदेखि ६ हजार ९९९ सम्मका ६०३ सहित १ हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाबारे विस्तृत जानकारी लिन सकिने उनको धारणा  छ ।

साढे ६ रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनभित्र विभिन्न ४ वटा कक्षअन्तर्गत १२ वटा उपकक्षमा विश्वका ८ हजारभन्दा अग्गा १४ वटा हिमाल र तिनमा आजसम्म भए गरेका गतिविधि प्रदर्शन गरिएको छ । यसमा ८ हजार भन्दाबढी उचाइका ८ वटा हिमचुचुरा नेपालमा पर्दछन् । हिमालको काँठमा बसोबास गर्ने स्थानीय बासिन्दाको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री संकलन गरी संग्रहालयको पर्वतीय मानव कक्षमा प्रदर्शन गरिएको निर्देशक गौतमले जनाए ।

विश्वका पर्वत शृंखलाको उत्पत्ति, भौगर्भिक महत्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शनी, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा संग्रह गरिएको छ । सो कक्षमा विश्वका पर्वत शृंखलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले जानकारी दिए ।

संग्रहालयमा विभिन्न उपकरण संकलन सहितको विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिँदै आएको  जनाउँदै उनले विश्वका हिमाल र हिमाली क्षेत्रको गतिविधिका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि एउटै छानामुनि एकैथलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोको रूपमा विकसित गर्ने बृहत् नेपसले लिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहने संग्रहालयमा यतिखेर विद्यार्थी ५० रुपैयाँ, नेपाली १०० रुपैयाँ, सार्कस्तरीय २५० रुपैयाँ र बाह्य पर्यटकका लागि ५०० रुपैयाँ र बगैंचामा घुमफिरका लागि ३० रुपैयाँ टिकट दर कायम गरिएको छ ।

कूल १० करोड रुपैयाँको लागतमा निर्माण गरी सञ्चालनमा आएको संग्रहालय निर्माणका लागि नेपाल सरकारबाट ३० लाख रुपैयाँ, जापान १ करोड ४५ लाख ७८ हजार १११ रुपैयाँ, कोरिया ६ लाख ६९ हजार ३०० रुपैयाँ, चीन ३ लाख ३६ हजार ७५० रुपैयाँ, भारत ३ लाख २० हजार रुपैयाँ, स्पेन ३७ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ भने स्वदेशी र विदेशी मुलुकका विभिन्न संघसंस्था तथा व्यक्तिबाट लगभग ४ करोड र बाँकी नेपाल पर्वतारोहण संघले व्यहोरेको थियो ।

संग्रहालय भवनको अगाडिको भागमा निर्माण गरिएको मनासलु हिमालको मोडल र याकको मूर्ति अहिले सो स्थानमा पुग्ने जुनसुकै उमेरका अवलोकनकर्ताका लागि पनि थप आकर्षण बनेको छ । परिसरमा रहेको ३१ मिटर अग्लो नमूना हिमाल, माउन्टेन क्लाइम्बिङ बाल, पोखरा तथा चट्टानी बगैंचा, नेपाली घरको आकर्षण नमूना लगायतले जो कोहीलाई लोभ्याउने गरेको नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।

मुलुकको पर्यटकीय राजधानीका रुपमा अगाडि बढेको पोखरामा आउने पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले सञ्चालन गरेको नयाँ गन्तव्य र ९होमस्टे० घरबास प्रवद्र्धनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here