वीरगन्ज / वीरगन्जमा चल्ने चलचित्र महोत्सवको तयारी पूरा भएको छ । यही कात्तिक २१, २२ र २३ गते आयोजना हुने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आयोजक नेपाल चलचित्र निर्माता संघले आज आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी महोत्सवबारे विस्तृत जानकारी गराएको हो ।
तयारी समितिका संयोजक विमल पौडलले तराई–मधेसको संस्कृति एवं सभ्यताको प्रतिनिधित्व पनि नेपाली चलचित्रमा हुनुपर्छ भन्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । महोत्सवमा बलिउड अभिनेता गोविन्दा पनि सहभागी हुने भएका छन् ।