सुकुटे बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो, १८ घाइते

276

काठमाडौं / सिन्धुपाल्चोक चौतार साँगाचोक गढी नगरपालिकाका ९ सुकुटेमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घटनास्थलमा घाइते भएका १८ जनालाई उपचारका लागि धुलुखेल अस्पताल लगिएको संघीय प्रहरी कार्यालय काभ्रेका एसपी सारदाप्रसाद चौधरीले  जानकारी दिनुभयो ।

दोलखाको मागादेउरालीवाट काठमाडौं आउँदै बा २ ख ७२४५ नंम्बरको बस आइतबार सडकवाट सिधै सुनकोशी नदीमा खसेको थियो ।

उक्त बसमा ३०/ ४० सवार रहेको हुन सक्ने जिप्रका सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जनाउनुभयाे । अहिले कार्य जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन नसकेको कार्कीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here