उडिरहेको विमानमा फाेटाे खिचेकाले जीवनभर विमान उडाउन प्रतिबन्ध

180

एजेन्सी / यी महिलाले उडिरहेको विमानको ककपिटमा बसेर तस्बिर खिचिन् । भी पोज दिदै खिचेको तस्बिर सामाजिक सञ्जाल ‘वेयबो’ मा राखिन् । गत ४ जनवरी सन् २०१९ मा खिचेको तस्बिरमा लेखिन् पाइलटलाई धन्यवाद । ककपिटमा बसेको तस्बिर भाइरल भयो । यसप्रति धेरैको चासो बन्यो । मध्यरातमा खिचिएको जस्तो तस्बिरबारे चासो बढ्दै जाँदा उनले गुइलिन सिटीबाट याङजु शहरमा एयर गुइलिनमा यात्रा गर्दा खिचेको पत्ता लाग्यो ।

चिनियाँ मिडिया ग्लोबल टाइम्सका अनुसार एयर गुइलिनको चासोमा परेको तस्बिरबारे अनुसन्धानपछि महिलालाई ककपिटमा लगेर तस्बिर खिच्न अनुमति दिने पाइलटलाई जीवनभरका लागि उडान प्रतिबन्ध लगाइएको छ । एयरलाइन्सले उनलाई ३ नोभेम्बरमा बर्खास्त गरिसकेको छ ।

चिनियाँ नागरिक उड्ययनमा यात्रुलाई ककपिटमा जान निषेध गरिएको छ । त्यसमाथि तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेर पाइलटले नियमको गम्भीर उल्लंघन गरेको भनिएको छ । ती पाइलटको नाम गोप्य राखिएको छ । गत वर्ष पनि एकजना पाइलटले पत्नीलाई ककपिटमा लग्दा निलम्बित हुनुपरेको थियो । उनलाई कारबाही गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here