चिनीयाँ सरकार लगायाे होमवर्क मै कफ्र्यू

81

एजेन्सी / हालैमात्र चिनीयाँ सरकारले होमवर्क मै कफ्र्यूलाइएको छ । आजको प्रतिस्पर्धा युगमा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने कार्य  अभिभावकहरुले  गरेकाे छन् ।

अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब दिइन्छ । स्कुल होस् वा घर, पढाई लेखाईमा घोटाइरहने कुराले गर्दा बालबालिकालाई सास फेर्ने फुर्सद हुँदैन कि जस्तो हुन्छ । सायद बालबालिकामाथिको यहीँ अन्यायबाट क्रुद्ध भएर होला चीनमा एउटा अनौठो कानून लगाइएको छ ।

उक्त नयाँ कानूनलाई होमवर्क कर्फ्यू भन्ने गरिएको छ । जसअनुसार कुनै पनि अभिभावकले रातको दश बजे भित्रमा आफ्ना बच्चाबच्चीलाई अनिवार्य रुपमा सुताएको हुनुपर्नेछ । होमवर्क गर्न भन्दै १० बजेभन्दा पछाडिसम्म बच्चाबच्चीलाई अनिँदो राख्न पाइने छैन ।

चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त नियमानुसार बच्चाका लागि होमवर्क भन्दा महत्वपूर्ण पर्याप्त निद्रा हुन्छ । नियम अनुसार रातमा १० बजे अगावै सुताउने मात्र होइन अबदेखि बाउआमाहरुले शनिवार तथा आइतबार बच्चाबच्चीलाई मज्जाले खेल्न तथा रमाइलो गर्न दिनुपर्नेछ । विदाको दिनमा पढ्न पठाउने वा घरमै पढाउने मान्छे बोलाउन पाइने छैन ।

प्राथमिक तहका विद्यार्थीका लागि सुत्ने समय रातको ९ बजे तय गरिएको छ । चाहे होमवर्क पूरा होस् कि नहोस् ९ बजे बच्चा सुतेकै हुनुपर्नेछ ।

सरकारको यस्तो नियमबाट सबै अभिभावक खुसी रहेका छैनन् । जसले बच्चाहरुलाई कमजोर बनाउने र पढाईलेखाई सुस्त हुने गुनासो  गरिरहेका छन् । अहिले सरकारको यस्तो नियमलाई होमवर्क कर्फ्यूको नाम दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here