नुगलय् जायक मतिना भिडियाे एल्बम सार्वजनिक

274

काठमाडौं / तिहार तथा नेपाल संबत ११४० न्हूदँको उपलक्ष्यमा नुगलय् जायक मतिना डिभिडी एल्बम सावर्जनिक भएको छ ।  नेपाल भाषाको ६ वटा गीत समोवश गरीएको एल्बममा गीतका रचनाकार तिर्थमान महर्जन हुन् ।

जसमा नुगले जाय्क मतिना, न्यासी न्यासी चाया जुइम्ह, यो मां यो बा, मतिना यायगुसा यानाब्यु, जा थुइगु तन्ता कायम्वाःव जित योम्ह हाकुमैचा गीत रहेका छन् । जुन नेपाल भाषाको चलचित्रमा समेत समावेश गरिएको छ ।

यस भिडियाे एल्बममा सुमन कपाली र  राम कुमार सायमी संगीत भरेका छन् ।  साथै  स्वर सुमन कपाली, राम कुमार सायमी, सरस्वती मानन्धर, दिस्यु मानन्धर साथै रचनाकारले समेत एउटा गीतमा स्वर दिएका छन् ।

साथैं अमृत मान महर्जनले भिडियो गीतको निर्देशन गरेका हुन भने राजन शाहीले समेत एउटा भिडियो गीतको  निर्देशन गरेका छन् ।

रचनाकार महर्जन भने, ‘हरेक बाबु आमाले आफ्ना छोराछोरीहरुलाई सधैं सानो नै ठान्ने  विचारलाई समावेश गरी गीत  रचना गरेको जनाएका छन् ।

यस भिडियाे एल्बममा नयाँ कलाकाहरू आशीष महर्जन, इलिसा महर्जन, विजय खड्गी, राजेश महर्जन, विक्रम तण्डुकार, वविता, प्रतिक्षा क्षेत्रमा पाइला राखेका छन् भने   चर्चित  कलाकार सरस्वती मानन्धर सानु ताम्राकार, सुशीला तण्डुकार  तथा राजु महर्जनहरूकाे  समेत  अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here