सेल्फीले भेटाइदियाे यी दिदी-बहिनी १७ बर्षपछि

204

एजेन्सी  / यो  घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्षपछि सेल्फीले भेट गराइदिएको छ ।

जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका उनीहरु जन्मीएको तिन दिनमै एक अर्कासंग छुट्टिएका थिए । दुई दिदीमध्ये बहिनीलाई नर्सले चोरेर बेचेकी थिईन। नर्सले चोरेर स्थानियलाई नै बेचेका कारण संयोगले दुवै जना स्कुल जाने भएपछि एउटै स्कुलमा भर्ना हुनपुगे ।

कुनै चलचित्रको दृश्य जस्तै लाग्ने उक्त घटना अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ । स्कुलमा संगै भर्ना भएका उनीहरुको अनुहार मिल्दै जादा साथीहरुले पनि दुई जनाबिच कुनै नाता भएको अनुमान लगाउने गरेको समाचारमा जनाइएको छ ।अन्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार दिदीबहिनी जस्तै देखिनेबारे सबैले चर्चा गरिरहदा एक दिए दिदीले सेल्फि खिचेर आफ्नी आमालाइ देखाउदा घटनाको रहस्य खुलेको हो ।

उनले आफ्नी आमालाई उक्त फोटो देखाएपछि उनकी आमाले अस्पतालबाटै उनकी बहिनी हराएको खुलासा भयो । घटना पश्चात दुबै दिदी बहिनीको रगत परिक्षण गर्दा आफ्नै दिदीबहिनी रहेकोे पत्ता पृष्टी भएपछि सबै आश्चार्यमा परेका छन् ।

डिएनए टेस्टबाट नर्सले बच्चालाई चोरेर बेचेको प्रमाणीत गराइदिएको छ । उक्त प्रमाणकै आधारमा ति युवतीको परिवारले त्यहाँको प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी पश्चात प्रहरीले गरेको अनुसन्धानबाट उक्त बच्चा बेच्ने नर्सलाई १० बर्षकोलागि जेल सजाय तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here