साझा पार्टीले गुहा¥यो कांग्रेसलाई

80

काठमाडौं । राष्ट्रिय सभामा आफ्नो समर्थन दिएर नेपाली कांग्रेसका राधेश्याम अधिकारीलाई प्रदेश–३ बाट सदस्य बनाएको साझा पार्टीले उपनिर्वाचनमा कांग्रेसको साथ खोेजेको छ । कास्कीको २ नम्बर निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारको रूपमा रजनी केसीलाई अगाडि सारिसकेको साझाले कांग्रेसलाई औपचारिक रूपमा नै यस्तो प्रस्ताव राखेको हो ।

मंगलबार कांग्रेसले उपनिर्वाचनमा आफ्ना उम्मेदवारबारे छलफलका लागि डाकेको बैठकमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले साझाको प्रस्ताव प्रस्तुत गरेका थिए । उनले साझाका नेता रवीन्द्र मिश्रले टेलिफोन गरेर आफ्ना उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेको जनाएको बैठकमा सहभागी एक कांगे्रस नेताले बताए । ‘आफ्ना उम्मेदवारलाई कास्कीमा सहयोग गरे साझाले अन्य स्थानमा  कांग्रेसलाई सहयोग गर्नेछ,’ शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

यद्यपि, कांगे्रसले साझाको उक्त प्रस्तावलाई अस्वीकार गरेको छ । पदाधिकारीहरूले १४ हजार भोट ल्याएको कांगे्रसले हजार पनि भोट नल्याएको साझालाई कसरी समर्थन गर्ने भनेर प्रश्न गरेका थिए । अरु पार्टीसँग सहकार्यको बाटो खुला भए पनि कास्कीमा साझालाई छोड्न नसकिने उनीहरूको भनाइ थियो । कांग्रेसले कास्की–२ मा उम्मेदवारका लागि केन्द्रीय सदस्य धनराज गुरुङसँगै देवराज चालिसे र खेमराज पौडेलबारे छलफल गरेको थियो । यद्यपि,  कांग्रेसले आफ्नो उम्मेदवार छनोट गरिसकेको छैन ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here