भारतसंग तत्काल वार्ता गर्न सरकारसँग माग गर्दै वरिष्ठ नेता खनाल

94

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सीमानालाई चलाउने अधिकार कसैलाई नभएको जनाउँदै पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका खनालले  हालै भारतले प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको जनाए । उनले नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको जनाउँदै  त्यो सीमानालाई चलाउने अधिकार कसैलाई नहुने जनाएका हुन् ।

नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले भनेका छन्, ‘यसबारे ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न न नेपाल सरकारसँग जोडदार आग्रह गर्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here