यस्ताे ठगी गरे पुर्वमन्त्री रूप ज्याेतिले

229

काठमाडौं / चर्चित उद्योगपति रुप ज्योति यतिबेला प्रहरी हिरासतमा छन । शक्तिको आडमा निमुखामाथि शासन गर्दै आफूले गरेको अपराधको अनुसन्धान नै हुन नदिने रुप ज्योति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले अघि बढाएको कानूनी राज कायम गर्न र अपराधमा संलग्न ब्यक्तिको ओहदा वा पैसा नहेर्ने तीतिका कारण प्रहरी हिरासतमा पुगेका हुन ।

तात्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि अर्थसहायक मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका रुप ज्योति कसरी हिसारतको यात्रामा पुगे त रु अर्वपति ब्यापारी एउटा निमुखा नागरिकलाई शक्तिको आडमा ग७न खोज्दा ७० बर्ष कटेका अर्वपति ब्यापारीमाथि यस्तो बिपत्ति आइलागेको हो । उनको अपराधको कारण छोरीसमेत प्रहरी हिरासतमा पुगेकी छन ।

यसरी पुगे रुपज्योति प्रहरी हिरासत

रुप ज्योतिले आफ्नो व्यापारको क्षेत्र विस्तार गर्ने क्रममा २०७० सालतिर हाउजिङ र रियल स्टेटमा हात हाले । सस्तो मूल्यमा नै घर उपलब्ध गराउने भन्दै ल्याण्डमार्क डेभलपर्स नामक रियल स्टेट कम्पनी खोले, । यही कम्पनीको नामबाट महाराजगञ्जमा जग्गा खरिद गरी प्लानिङ गरियो । त्यही स्थानमा घरहरु निर्माण गर्न सिई कन्स्ट्रक्सन नामक कम्पनीलाई जिम्मासमेत दिइयो । यता, ज्योति समूहको लगानी रहेको ल्याण्डमार्क डेभलपर्सले सस्तो मूल्यमा घर निर्माण गरी हस्तान्तरण गरिदिने भन्दै सर्वसाधरणबाट पैसा उठाउन थाल्यो । सवैले पत्याउने प्रतिष्ठित ब्यापारिक घराना भएको कारण रुप ज्योतिको हाउजिङमा सर्वसाधरणको आकर्षण नहुने कुरै भएन ।

बिश्वासका साथ गल्कोपाखा, काठमाडौँका विज्ञेन्द्रकृष्ण मल्लले पैसा बुझाए । मल्लले नक्सा हेरेर हाउजिङकै सुरुवातमा रहेको जग्गा रोजे र जग्गाका लागि १० लाख रुपैयाँ अग्रिम बैना बुझाए । ७ आना जग्गामा बन्ने उक्त घर व्यावसायिक र आवासीय दुबै प्रयोजनका लागि हुने मल्ललाई जनाइयो ।

 ल्याण्डमार्कले जिम्मा दिएपछि सिई कन्स्ट्रक्सनले पनि २०७१ को असार महिनाबाटै आवासीय तथा व्यावसायिक घर निर्माण अघि बढ्यो । ल्याण्डमार्क डेभलपर्सले घर बनाउने र बेच्ने जिम्मा पनि सिई डेभलपर्सलाई दिएपछि मल्लले २०७१ सालकै भदौमा घरका लागि तिर्नुपर्ने बाँकी पैसा १ करोड २६ लाख ७५ हजार रुपैयाँ बुझाए । यसरी मल्लले ७ आना क्षेत्रफलमा बन्ने घरका लागि घर बन्नु अघि नै १ करोड ३६ लाख ७५ हजार रुपैयाँ ज्योति समूहको ल्याण्डमार्क डेभलपर्स र सिई कन्स्ट्रक्सनलाई दिए ।

करिब २ वर्षमा घर निर्माण सकियो । तर मल्लले जुन जग्गा र जग्गामा बनेको घरका लागि अग्रिम रकम बुझाएका थिए, त्यो जग्गा र घर रुप ज्योतिले नै आँखा लगाए । मल्ललाई दिएनन । सो घरजग्गाको साटो अर्को दिने प्रस्ताव गरे । घर निर्माण सुरु नहुँदै जग्गा रोजेका र रकम बुझाएका मल्लले रुप ज्योतिको त्यो प्रस्ताव अस्वीकार गरी आफूलाई कुनै पनि हालतमा त्यही जग्गा र घर चाहिने जनाए ।  शक्तिको आडमा सवैतिर खरिद गर्ने रुप ज्योतिको योजना थियो । मल्ल चुप बसेनन । उनी महानगरीय प्रहरी परिसर टेकुमा पुगि रुप ज्योतिविरुद्ध ठगीको उजुरी लिएर गए । तर प्रहरीले लिनै मानेन । प्रहरीले उजुरी नलिएपछि उनले गृहमनत्रीलाई सम्बोधन गरी निवेदन लेखे । मल्लको निवेदन आएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै कारवाही अगाडि बढाउनु भन्ने निर्देशन दियो ।

गृह मन्त्रालयको निर्देशन आएलगत्तै प्रहरीले विज्ञेन्द्रको सोही निवेदनलाई आधार मान्दै यसबारेमा खोजी सुरु गर्यो । अनुसन्धानका क्रममा विज्ञेन्द्रले पैसा बुझाएर पनि घर नपाएको पाइएपछि प्रहरीले सिई कन्स्ट्रक्सनका आधिकारिक व्यक्ति र ल्याण्डमार्क डेभलपर्सका सञ्चालक रुप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट आदेश लियो । तर ठगीको उजुरी परेपछि आफू पक्राउ पर्ने निश्चित जस्तै भएपछि रुप ज्योतिले सर्वोच्च अदालतमा निवेदन दिई पक्राउ नगर्न अन्तरिम आदेश माग गरे ।

जिल्ला अदालतबाट पक्राउको आदेश लिएको प्रहरी सर्वोच्च अदालतबाट पक्राउ नगर्न आदेश आएलगत्तै ब्याक भयो । ती सवै काम रुप ज्योतिले पैसाको आडमा गरेका थिए । उनले मल्लको उजुरीमाथि आफ्नो पद र शक्तिको प्रयोग गर्दै अनुसन्धान नै हुन नदिने अनेकन प्रयाश गरे । रुपज्योतीकै दवावमा यो मुद्दा त्यत्तिकै थाती रह्यो । तर गत मंगलबार सर्वोच्चले रुप ज्योतिको रिट निवेदन खारेज गर्दै जिल्ला अदालत काठमाडौँको निर्णय सदर गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुल्यो । बिहिबार राती ९ बजे उनी एअरपोर्टबाट पक्राउ परे ।

अर्वौं सम्पत्तिका मालिक तथा ‘प्रतिष्ठित’ व्यापारी रुप ज्योति एउटा निमुखाको सम्पत्ति हडप्ने षडयन्त्रमा लाग्दा प्रहरी हिरासतमा पुगेका हुन । पक्राउ परेका रुप ज्योति समूहका उपाध्यक्ष हुन । स्याकार कम्पनी, हिमाल आइरन तथा स्टिल कम्पनी, हिमाल तार, हिमाल अक्सिजन, भाजुरत्न इञ्जिनियरिङ लगायतका कम्पनीका मालिक पनि हुन उनी । त्यति मात्रै होइन पछिल्लो समय सरोगेसीका लागि भन्दै खोलिएको कान्तिपथको ग्राण्डी सिटी क्लिनिकका सञ्चालकसमेत हुन । यसैगरी चन्दननाथनगरपालिका ५ का घरधनी नवराज श्रेष्ठको घरको माथिल्लो पुर्ण रुपमाजलेको र क्षतिको एकिन विवरण प्रहरीले संकलन गर्दै गरेको प्रहरी नायव उपरीक्षकलालबहादुर धामीले जानकारी दिनुभयो । उहाँकाअनुसार समयमै दमकल, स्थानीय र सुरक्षाकर्मीको जोडमा आगो नियन्त्रणमा ल्याईएको छ ।

मुख्यबजारमै जादैन दमकल स् जुम्लाका कतिपय मुख्यबजारमादमकल नै नछिर्ने भएकाले सो अनुसारको बाटोको आवश्यकता छ बढ्दो विकास सँगै यो ,बिषय ध्यान नदिएकोमा कतिवेला जोखिमहुने भन्ने डर रहेकोले तत्काल सवै स्थानमादमकल र एम्वुलेन्स छिर्ने बाटो अनिवार्य हुनुपर्ने स्थानीयको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here