साग फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा

110

काठमाडाैं  /  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यू–२३ टिमको घोषणा गरेको हो । गोलकिपर विकेश कुथु तथा मिडफिल्डर विक्रम लामा र सुजल श्रेष्ठलाई पनि टिममा समावेश गरिएको छ । २३ वर्ष भन्दा माथिका तीन जना खेलाडी समावेश गर्न पाइने नियम अनुसार उनीहरुलाई टिममा राखिएको हो ।

नेपालमा  साग यही मंसिर १५ देखि २४ गतेसम्म पोखरा र काठमाडौंमा हुने भएकाे छ ।  मुख्य प्रशिक्षक बालगोपाल महर्जनले लामो समयदेखि तयारी भइरहेको हुँदा राम्रो नतिजा राम्रो ल्याउने प्रशिक्षक महर्जनले जनाएका छन् ।

नेपाली टिममा गोलपिकमा विकेश कुथु, अर्पण कार्की, दीप कार्की रहेका छन् भने  डिफेन्डरमा अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ रहेका छन् यसका साथै मिडफिल्डरमा  सुजल श्रेष्ठ, सुनिल बल, विक्रम लामा, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाङ्बे, तेज तामाङ समावेश भएका छन् । यसका साथै फरवार्डमा  विमल घर्तिमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अञ्जन विष्ट रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here