अवैध लागूऔषध सहित पक्राउ

197

काठमाडौं / भक्तपुर जिल्लाकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट सर्लाही हरीवन नगरपालिका-११ घर भएका ३५ वर्षीय समसुल सेखलाई नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ८५ चक्की सहित  मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने २० वर्षीय आईस न्यौपानेलाई ६ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै न्यौपानेलाई लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका- १३ बस्ने २६ वर्षीय जोन भन्ने कुल बहादुर बुढामगरलाई समेत नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकबाट प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध  नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पर्साकाे वीरगंज महानगरपालिका-१६ बाट भारत मोतिहारी रामघअर्वा बस्ने ३० वर्षीय विशाल पटेललाई नियन्त्रित लागूऔषध डाइजेल्याब ५ सय एम्पुल, नुर्फिन ५ सय एम्पुल र फेनरागन ५ सय एम्पुल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित भन्सार मुलगेटमा लागूऔषध नियन्त्रण ब्यूरो बीरगंज र सशस्त्र प्रहरी बलको संयुक्त प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here