काठमाडौं महानगरमा अख्तियारको छानबिन सुरु

90

काठमाडौं /  काठमाडौं महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।महानगरपालिकाले सञ्चालनमा ल्याएको स्मार्ट पार्किङमाथि अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनुसन्धान शुरु गरेको  हो । महानगरपालिकाले ल्याएको नयाँ ब्रुमरको खरिद प्रक्रियाबारे पनि आयोगले छानबिन गरिरहेको छ । ब्रुमरका विषयमा पनि गत साउनमै उजुरी परेको थियो ।

निजी क्षेत्रलाई जिम्मा लगाएर बिनाप्रतिस्पर्धा ठेक्का लगाइएको भन्दै लिखित उजुरी परेपछि छानबिन शुरु भएको आयोगले जानकारी दिएको छ ।

अख्तियार स्रोतले दिएको जानकारीअनुसार स्मार्ट पार्किङ र विज्ञापन बोर्डको ठेक्का प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजातहरू महानगरसँग माग गरिएको जनाइएको छ । श्रोतका अनुसार गत साउनमा नै अख्तियारमा उजुरी परेको थियो । पहिलो उजुरीबारे त्यति वास्ता नगरेको अख्तियारले दशैंपछि सोही विषयमा दोस्रो उजुरी परेपछि छानविन थालेको जनाएको छ ।

गत चैतमा झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ५ वटा ब्रुमर ल्याएको थियो ।  ब्रुमर खरिदको प्रक्रिया र मूल्य शंकास्पद देखिएको भन्दै अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अख्तियारले महानगरलाई साउन २८ गते पत्राचार गर्दै १५ दिनभित्र ब्रुमर खरिदबारे तथ्यसहित प्रतिक्रिया माग गरेको थियो । उक्त प्रतिक्रिया चित्त नबुझेपछि अख्तियारले गत १९ गते सम्पूर्ण कागजात माग गर्‍यो । ब्रुमर किन्दा मिलोमतोमा स्पेसिफिकेसन बनाएर खरिद प्रक्रिया अघि बढाएको आंशका अख्तियारले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here