बोलिभियाका पूर्व राष्ट्रपति मोरालेसले उजुरीको चेतावनी खारेज गरे

18

एजेन्सी / बोलिभियाका पूर्व राष्ट्रपति एभो मोरालेसले गएको अक्टोबरमा भएको विवादास्पद चुनावलाई लिएर आफूविरुद्ध कुनै अर्थपूर्ण आरोप दर्ता गर्न सक्ने आधार नरहेको दाबी गरेका छन् ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी जिनाइन आनेफले मोरालेस देश फिर्ता भएमा कारवाही गर्ने बताएकी थिइन् । मोरालेसले त्यसको जवाफ दिँदै आफूमाथि आरोप लगाउने स्पष्ट आधार नरहेको जनाएका हुन् ।

मोरालेसले गएको आइतबार राजीनामा दिएका थिए । गएको अक्टोबर २० भएको राष्ट्रपति चुनावमा मोरालेस विजयी भएका थिए । उनले चुनावमा धाँधली गरेको आरोप लागेको थियो ।

लगातारको प्रदर्शन तथा अन्तर्राष्ट्रिय परिवेक्षकले पनि चुनावमा धाँधली भएको स्पष्ट आधार देखिएको भनेपछि मोरालेसले राजीनामा दिएका थिए । त्यसपछि उनले मेक्सिकोमा राजनीतिक शरण लिएका छन् ।

बोलिभियाको नयाँ सरकारले भेनेजुएलासँगको सहकार्य तोडेको छ भने क्युवाका सात सय भन्दा बढी स्वास्थ्यकर्मीलाइृ पनि फिर्ता पठाएको छ।

मारालेसको राजीनामासँगै उनका समर्थकले बोलिभियाका विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here