नाकमा दाँत पलाएपछि सबै आश्चर्यचकित

79

एजेन्सी / मानिसको सरीर एक जटील संगठनात्मक संरचना हो । शरीरमा सानो गडबडीले पनि हामीलाई समस्यामा पारिदिन्छ । कहिलेकाहीँ त शरीरमा यस्तो समस्या देखिन्छ, जसले सबैलाई आश्चर्यचकित पारिदिन्छ । हालै एउटा यस्तै समस्या चीनमा एकजना व्यक्तिमा देखिएको छ । ती व्यक्तिको नाकमा दाँत पलाएको छ ।

झांग बिन्सेन्ग नामका ती व्यक्तिलाई लगातार ३ महिना सम्म नाकबाट स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि जँचाउनका लागि अस्पताल गए । उनको नाकमा दुर्गन्ध पनि बढिरहेको थियो ।

अस्पतालमा उनको नाकको एक्सरे गरियो । एक्सरे रिपोर्ट हेर्दा त डाक्टरहरु नै तिनछक परे । किनकी उनको नाकभित्र दाँत पलाएको थियो ।

समाचार जनाए अनुसार एउटा दुर्घटनाका कारण उनको नाकभित्र दाँत पलाएको रहेछ ।उनी १० वर्षको छँदा एउटा सपिङ मलको तेश्रो तल्लाबाट खसेका रहेछन् । त्यो दुर्घटनामा उनका दुईवटा दाँत टुटेका थिए । त्यसमध्ये एउटा दाँत बाहिर खसेको र अर्को दाँत जरैबाट उखेलिएर मुखभित्रैबाट नाकतिर छिरेको हुनसक्ने डाक्टरहरुको अनुमान छ ।

नाकमा दाँत छिरेको कुरा २० वर्षसम्म न त झांगलाई थाहा भयो न, अरुलाई नै । तर पछिल्लो समयमा उनको नाकमा समस्या देखिएपछि जाँच गराउँदा मात्र उनको नाकमा एक सेन्टिमिटर लामो दाँत फेला पर्यो । डाक्टरहरुले शल्यक्रिया गरी उक्त दाँत निकालिदिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here