लघु वृत्तचित्रमा “ध्वः छध्वः रेखां क्यूगु” प्रथम

42

काठमाडाैं / नेपालभाषा टाइम्स चीहाः संकिपा सिरपाः लघु वृत्तचित्र भव्य रूपमा सम्प्पन भयो ।

यस बर्ष युवा निर्देशक योबन शाक्यको निर्देशनमा बनेको साहित्यकार शशिकला मानन्धरको कथा रहेको लघु वृत्तचित्र “ध्वः छध्वः रेखां क्यूगु”ले दर्शक र जुरी दुबैको मन जित्दै प्रतियोगितामा प्रथम भएको थियो । जसमा किर्तिपुरकी सरिता बज्राचार्यको मुख्य अभिनय गरेकाे थियाे ।

नेपाल भाषामा बनेका छोटो वृत्तचित्रहरुको ठूलो प्रतिस्पर्धाको रूपमा हेरिने यो अवार्डमा पहिलो स्थान हासिल गरि पचहत्तर हजार रुपैयाँको नगद पुरस्कार समेत जित्न सफल भएका छन् ,

यसका साथै रजिन महर्जनद्वारा निर्देशित ” म्युजियम ” पचास हजार नगद सहितको दोस्रो स्थान हासिल भएको छ ।

यस अवार्डमा रामकृष्ण खड्गी निर्देशित “स्वार्थ ” तथा दर्शनवीर शाक्य द्वारा निर्देशन गरिएको “इन्द्रायणी” तेस्रो स्थानमा रह्यो । उनीहरूले २५÷ २५ हजार नगद पुरस्कार समेतको सम्मान हात पारेको छ ।

काठमाडाैं उपत्यकाका हलहरुमा तीन दिन बेग्ला बेग्लै प्रतिस्पर्धामा सम्मिलित १६ वटा चलचित्रहरु प्रदर्शन गरि छोटो चलचित्र महोत्सव आयोजना गरिएको थियो । अन्तिम दिन कार्तिक २४ गते आइवार प्रतियोगी चलचित्रहरुको परिणाम घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here