अर्थमन्त्रीद्वारा बढी कर तिर्ने उत्कृष्ट करदाताहरु सम्मानित

177

काठमाडौं /  आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई  सम्मान गरेका हुन् ।

आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

सम्मानित करदातामा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्राली, निर्यातकर्ता मध्ये बढी आयकर तिर्ने डाबर नेपाल, उद्योग मदिरा र चुरोट बाहेक धेरै आयकर तिर्ने जगदम्बा स्टिल्स प्राली, कृषि एबम पशुपंक्षीतर्फ अन्नपूर्ण एग्रो सहकारी रहेका छन् ।

अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

त्यस्तै लघुबित्त सहकारी सस्था बैंक बित्त संस्था आयकरतर्फ राष्ट्रिय बाणिज्य बैंक, बीमा ब्यवसाय मध्ये बढी आयकर तिर्ने नेपाल लाइफ इन्सुरेन्स, स्वास्थ्य तथा शिक्षा मा आयकर मणिपाल मेडिकल कलेज, सूचना प्रविधि सेवामा सबै भन्दा बढी आयकर वर्ल्डलिन्क कम्युनिकेसन रहेका छन् ।

व्यापार ब्यवसाय मध्ये अग्नि इन्कर्पोरेटेड, पर्यटनमा सबैभन्दा बढी आयकर तारागाउँ रिजेन्सि र मध्यस्थरीयमा आयकरतर्फ कामना सेवा बिकास बैंक, आन्तरिक राजस्व कार्य क्षेत्र भित्र रही बढी आयकर तिर्ने भिएस मौरिसस, ब्यक्तिगत आयकर तिर्नेमा सिद्दार्थ समशेर जबरा र मूल्य अभिवृद्धि करतर्फ घोराही सिमेन्ट इन्डस्ट्रिज रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here