महिनाको एकदिन व्रत बस्दा मुटुरोग नलाग्ने

63

एजेन्सी / के तपाईं महिनाको एक पटक बस्नु भएको छ । त्यसो भए एक अध्ययनले महिनाको एकदिन व्रत बस्दा् मुटुरोग नलाग्ने अध्ययन पत्ता लगाइसकेको छ ।

समय तोकेर व्रत बस्यो भने मुटुको समस्या भएका रोगीहरूको जीवनकाल लम्बिने एक नयाँ अध्ययनकर्ताहरुले प्रमाणित गरेका छन् ।

यस अवधारणालाई अंग्रेजीमा इन्टरमिट्टेन्ट फास्टिङ भनिन्छ र यसक्रममा मानिसहरू दिनभरि नभएपनि लामो समय खानापिना गर्दैनन् ।
मुटुरोग लागेर मुटुमा क्याथेटर जोडेका रोगीहरूले इन्टरमिट्टेन्ट फास्टिङ गर्दा व्रत नबसेका रोगीभन्दा बढी बाँचेको पाएको छ ।

अमेरिकाको युटाहस्थित साल्ट लेक सिटीमा रहेको इन्टरमाउन्टेन हेल्थकेयर हार्ट इन्स्टिच्युटको टोलीले पनि व्रत बस्ने रोगीहरूको मुटु चल्न छोड्ने समस्या नआउने पत्ता लगायो ।

यही टोलीले मधुमेहका रोगीहरूमाथि गरेको अघिल्लो अनुसन्धानमा व्रत बस्नेहरूमा कोरोनरी मुटुरोगको दर कम हुने गरेको पाएको थियो । दशकौंसम्ममा विकसित हुने दीर्घरोगको असरलाई पनि व्रत बस्दा कम गराउन सकिने अध्ययनको निष्कर्षले देखाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here