काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता रीदेन महर्जन अतिथिका रुपमा पाल्नु भएको थियो ।
प्रमुख अतिथि चन्द्रागिरी न.पाका उपमेयर लिशा नर्कमीले भन्नुभयो, ‘यो तालिम फलदायी हुनेमा आफू विश्वस्त रहेकि छु । कुनै कारणवंश तालिममा समय अपुग भएको खण्डमा समय थपेर तालिम सञ्चालन गर्नका लागि एकिकृत समाजलाई अनुरोध गर्नुभयो ।’
अतिथिका रूपमा पाल्नु भएका हलि नेवाः गुठीका अध्यक्ष जुजुमान श्रेष्ठले भन्नुभयो ‘नेपालको पहिचान मध्ये रञ्जना लिपि पनि एक हो, यसको महत्व विशिष्ट रहेको छ ।’ साथै उन थप्दै भने, ‘उपत्यकाका मठ मन्दिरहरुको प्राचिन अभिलेखहरु बारे जानकारी लिनका लागि यो लिपि लगायत भुजिम्व, प्रचलित लिपि लगायत अन्य लिपिहरु अनिवार्य रुपमै सिक्नु पर्ने भएकोले प्रशिक्षण तालिम अत्यन्त महत्वपुर्ण रहेको धारणा राख्नुभयो ।
चन्द्रागिरी न.पाको वडां. ५ किसिपिडि स्थिति सनसाइन स्कुलको प्रागंणमा संचालन हुने तालिममा प्रशिक्षक धीर सुवालद्धारा रञ्जना लिपि प्रशिक्षणको तालिम कक्षा लिने भएको छ । उक्त तालिम आगामी मंसिर ५ गते बिहीबार देखि २० गते सम्म बिहान ७—८ बजे सम्म संचालन हुने भएको छ ।
उक्त समाजका कोषाध्यक्ष महेश्वर श्रेष्ठका अनुसार,भाषा भनेको एउटा जातिको मात्रै सम्पति नभइ देशकै सम्पति भएको धारणा राखे । उनले यस १५ दिने तालिममा तामाङ्ग, गुरूग, ब्राम्हण, क्षेत्री लगायत नेवार समुदायका स्थानियहरुको सहभागिता रहेकोप्रति खुशी प्रकट गरे ।
अर्का अतिथि नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता रीदेन महर्जनका अनुसार ‘प्रशिक्षण तालिम अनिवार्य रुपमा लिने पर्ने तालिम हो विश्वमा नेपाल छुट्टै देश भनेर चिनाएका मध्ये रञ्जना लिपि, नेपाल सम्वंत पनि एक हो ।’ यस तालिम लिने मात्रै नभइ नेपालभासाबाट उच्च शिक्षा हासिल गरेको खण्डमा अझ राम्रो हुने धारणा राखे ।
कार्यक्रममा चन्द्रागिरी एकिकृत समाजका सभापति एकिसप्रसाद उप्रेतीले भन्नुभयो , ‘आज हामीले हाम्रो भाषा, संस्कृति, लिपि नजोगाउँदा, आफ्नो नेपालीपनलाई नझल्काउदा मठ, मन्दिर, लिपिका लेखहरु संस्कृति झल्काउने संरचनाहरु नबनाउदा कालापानी, लिपुलेक आज भारतीय कब्जा पर्न गएकोप्रति देश भक्त नेपाल आमाका सन्तानहरूले चिन्ता लिनु पर्ने बेला आएको छ ।’ यस तालिमबाट प्रशिक्षार्थीहरू लाभाविन्त भई नेपालको भाषा, लिपि, संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका खेल्ने धारणा राखे ।
वि.सं. २०७४ स्थापना भएको यस चन्द्रागिरी एकिकृत समाजले समाज सुधार, महिला लक्षित कार्यक्रमहरु, भाषा, संस्कृति जोगाउने तथा विभिन्न कार्यक्रमहरु गर्दै आइएको संस्था हो ।
नजोगाउँदा, आफ्नोपनलाई नझल्काउदा मठ, मन्दिर, लिपिका लेखहरु संस्कृति झल्काउने संरचनाहरु नबनाउदा कालापानी र लिपुलेक आज भारतीय कब्जा पर्न गएको धारणा राखे ।’ साथै यस तालिमबाट प्रशिक्षार्थीहरू लाभाविन्त भइ नेपालकाे भाषा, लिपि, संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका खेल्ने धारणा राखे ।
वि.सं. २०७४ स्थापना भएको यस एकिकृत समाज सुधार, महिला लक्षित कार्यव्रmमहरु, लागू औषधको भाषा संस्कृति जोगाउने कार्यव्रmम गर्दै आइएको छ ।