पोखराका वडाअध्यक्षको घरमा बम विस्फोट, कारमा क्षति

181

कास्की– पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा  बम बिस्फोट भएको छ ।

 सोमबार बिहानै भएको बम बिस्फोटका कारण बिरौटा स्थित उनको घरमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ ।

घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको शाहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here