शङ्कास्पद वस्तु विस्फोट गराएको अभियोगमा एक पक्राउ

139

पोखरा / पोखरा मनपा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार आज दिउँसो १२ः४७ बजे विस्फोट भएलगत्तै व्यापक प्रहरी परिचालन गरेपछि तत्कालै उक्त व्यक्ति पक्राउ परेका हुन् । फोहरको थुप्रोमा शङ्कास्पद वस्तु विस्फोट हुँदा पाँच व्यक्ति घाइते हुनाका साथै उक्त स्थानमा पार्किङ गरी राखिएका दुई बसको पछिल्लो भागका सिसा फुटेका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

विस्फोटसँगै भागदौडका क्रममा पोखरा–१५ गलेश्वर बस्ने ५५ वर्षीय धनमाया सुनार, ४५ वर्षीया रमिला सार्की, ५५ वर्षीया जानकी पोखरेल र ५७ वर्षीया पूर्णमाया विश्वकर्मा र वडा नं १० की ५४ वर्षीय कृष्ण गुरुङ अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here