जातीय छुवाछुतसँग जोडिएको सांस्कृतिक तथा धार्मिक पक्ष

4

-हुकुमबहादुर सिंह

नेपाली समाजमा धर्म, संस्कृति, प्रथा, परम्परा, संस्कार वा रितिरिवाजका नाममा छुवाछुत तथा भेदभाव गरिन्छ । यद्यपि छुवाछुत ऐन, २०६८ ले जातपात–छुवाछुत र सबै प्रकारका सामाजिक विभेदहरूलाई राज्य तथा सिङ्गो मानव समुदायका विरूद्धको अपराध ठहर गर्दै सो ऐनको प्रस्तावनामा लेखेको छः ‘प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गर्दै धर्म, संस्कृति, प्रथा, परम्परा, संस्कार वा रितिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा छुवाछुत तथा भेदभाव नहुने अवस्था सृजना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछुत, बहिस्कार, प्रतिबन्ध, निष्काशन, अवहेलना वा त्यस्तै अन्य मानवताविरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई क्षतिपूर्तिको व्यवस्था गरी राष्ट्रिय एकता अक्षुण्ण राखी समतामूलक समाजको सृजना गर्ने सम्वन्धमा समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकोले’ भन्ने वाक्यांश उल्लेख गरिएको छ । दलितभन्दा बितिकै जातका आधारमा छुवाछुत र भेदभाव भन्ने बुझिन्छ । यही जातका आधारमा उनीहरूमाथि अत्यन्त अमानवीय र निकृष्टखालको शोषण र उत्पीडन हुँदै आएको छ ।

नेपालमा जातीय असमानता व्यापक छ । यसका पछाडिका अनगिन्ती कारणहरू छन्, तर ती मध्ये एउटा प्रमुख कारण नेपालमा सदियौदेखि कायम रहँदै आएको हिन्दूवादी–ब्राम्हणवादी राज्यसत्ता नै हो । त्यसकारण हिन्दूवादी–ब्राम्हणवादी राज्यसत्ताको अन्त्यसँगै जातीय असमानताको अन्त्य पनि सम्भव छ । हिन्दूवादी–ब्राम्हणवादी राज्यसत्ताको सम्वन्ध सामन्तवादसँग बलियो गरी गा“सिएको छ । नेपालमा सामन्तवादको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना त भएको छ तर हिन्दूवादी–ब्राम्हणवादी राज्यसत्ताको अन्त्य भएको छैन । किनभने राजतन्त्रभन्दा पनि बलियो गरी जरा गाडेको छ हिन्दूवादी ब्राम्हणवादले ।

हिन्दूवादी ब्राम्हणवादको जरा केही हदसम्म नेपालमा सञ्चालित दशवर्षे जनयुद्धले हल्लाउन सफल भएको देखिएको थियो । किनभने दशवर्षे जनयुद्धले नेपालका दलितहरूलाई समानस्तरको दर्जा दिएको थियो । शोषणको आधार बनेका अनेकौ सांस्कृतिक तथा धार्मिक पक्षमाथि हमला बोलेको थियो । हिन्दूवादी–ब्राम्हणवादीहरू दलितहरूको मुक्ति आन्दोलनबाट अत्तालिएका थिए । किनभने त्यस समय हुने हरेक आन्दोलन र सङ्घर्षका पछाडि माओवादी नेतृत्व र कार्यकर्ताको पंक्ति महान् चिनियाँ पर्खाल भएर दलितहरूको मुक्ति आन्दोलनको नेतृत्व गरेको थियो । साथै त्यो सर्वहारा वर्गीय आन्दोलनको राप र तापको भट्टीमा खारिदै थियो । यद्यपि त्यहाँ पनि गैरमाक्र्सवादी–लेनिनवादी चिन्तनहरू काफी मात्रामा थिए । गैरसर्वहारावर्गीय सांस्कृतिक तथा धार्मिक मान्यताहरू हटिसकेका थिएनन् । त्यसकारण स्वयम सर्वहारावर्गीय आन्दोलनका पक्षधरहरू भित्रै समेत यो विषयलाई लिएर गलत समझदारी तथा भ्रमहरू थिए ।

जातीय असमानतासँग सांस्कृतिक तथा धार्मिक पक्ष कसरी जोडिएको छ ? त्यसबारे स्पष्टताको खाँचो छ । त्यसकारण यो लेखमा नेपालमा विद्यमान जातीय असमानतालाई खत्तम पार्न सांस्कृतिक तथा धार्मिक पक्षसंग जोडिएका अन्धविश्वास र भ्रमबारे स्पष्टताको आवश्यकता छ । किनभने नेपालमा सांस्कृतिक तथा धार्मिक पक्षसँग जोडिएका अनेकौ अन्धविश्वास र भ्रमहरूमा सबैभन्दा बढि दलित परिवारहरू नै छन् किनभने उनीहरू नै अरूभन्दा बढी शिक्षा, स्वास्थ्य, कूपोषण, अन्याय, अत्याचार र विभेदबाट पीडित छन् । सबै प्रकारका विकासका प्रतिफलबाट बञ्चित छन् । त्यसले पनि उनीहरूमा भाग्यवादले  बलियो गरी जरा गाडेको छ । समग्रमा गास, वास र कपासबाट पुरै बञ्चित छन् । उनीहरूमा वर्गीय चेतनाको मिरमिरे उज्यालो दशवर्षे जनयुद्धका दौरान पुग्न थालेको थियो । त्यसकारण तत्कालीन राज्यसत्ताको निर्मम दमन पनि दलित वस्तीमाथि ज्यादा भएको थियो, किनभने सामन्तवादी राज्यले दलितलाई मानिस नै मान्न तयार थिएन र तिनीहरूको वस्ति देशका दुर्गम र अनकण्टार ठाउँमा पनि भएकाले प्रतिक्रियावादीका लागि दमन गर्न र युद्धमा मारिएका लासहरूलाई बेपत्ता बनाउन उनीहरूलाई सजिलो थियो । फेरि क्रान्ति त्यहाँ छिटो फैलावट हुन्छ जहाँ दमन, अन्याय र अत्याचार बढी हुन्छ । साथै माओवादीले उठाएका एजेण्डाहरू र उनीहरूले चलाएको सा“स्कृतिक आन्दोलन र क्रान्तिका दौरानमा उनीहरूले दलितहरूप्रति गरेका व्यवहार समतामुलक र समावेशी थिए । दलितहरूले आफ्नो वास्तविक मुक्ति माओवादीले उठाएको झण्डा मुनी गोलवन्द हुँदा देखे । परिणाम नेपालका अन्य जातिमा भन्दा माओवादीको साँगठानिक आधार नेपालका मधेस, पहाड र हिमालका दलित वस्तीहरूमा प¥यो । परिणाम माओवादी जनयुद्धमा दलितहरू परिवारका परिवार बत्तीमा पुतली होमिएझै होमिए । अहिलेसम्म जनयुद्ध तथा हरेक जनआन्दोलनमा एक हजार दुई सयभन्दा बढी दलितले सहादत प्राप्त गरेका छन् ।

नेपालमा सदियौदेखि कायम भएको ब्राम्हणवादी राज्यसत्ताको कारण दलितहरूमाथि उत्पीडन लादिएको हो भन्नेमा आम सहमति पाइन्छ । तर त्यसबाट कसरी मुक्ति मिल्दछ भन्ने बारेमा फरकफरक दृष्टिकोणहरू छन् । सामन्तवादीहरू र पुँजीवादीहरूको दृष्टिकोणहरूको साथै माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा आधारित घेरै राजनीतिक दलहरू यो सवालमा विभाजित छन् । तिनीहरूका दलितप्रतिका नीतिहरूबारे बहुसंख्यक दलितहरूमा प्रशस्त भ्रमहरू छन् । सामन्तवादले दलितहरूको भलाई गर्न सक्दैन, यो इतिहासले स्पष्ट पारेको कुरा हो, तर के पुँजीवादी व्यवस्था अन्तरगत दलितहरूको मुक्ति सम्भव छ ? यो बारे अझै नेपालका दलितहरू स्वयममा पनि प्रशस्त भ्रमहरू छन् । अहिले पनि धेरैजसो दलितहरू पु“जीवादी राजनीतिक दलहरूको झण्डामुनी आफ्नो मुक्तिको सपना देखेर लागिरहेका छन् । उनीहरूले बाँडेको ‘लोकतन्त्र र समाजवाद’को गुलियो चक्किमा आफूहरूलाई आकर्षित गराएका छन् । त्यसैगरी अहिले नेपालका आदिवासी जनजाति र दलितहरूबीचमा कृश्चियनिटीको जवरजस्त प्रभाव फैरिहेको छ र भनिन्छ– ‘दलितहरूको मुक्ति कृश्चियन धर्मभित्र छ’ तर वास्तविबता के हो धर्म ? चाहे हिन्दू होस् वा कृश्चियन वा इश्लाम ! यी सबै धर्महरू माक्र्सवादका विरुद्ध खडा भएको दर्शनमा आधारित छन् र यी सबैमा पुरोहितवाद, जसलाई हिन्दूमा ब्राम्हणवाद, क्रिश्चियनमा पाश्चरवाद र इश्लाममा मूल्लाह आदि भन्ने गरिन्छ ।

सदियौदेखि नेपालमा कायम रहदै आएको सामन्तवादमा आधारित ब्राम्हणवादी राज्यसत्ताको कारण नेपालका विभिन्न जात, जाति र खासगरी दलितहरूमाथि शोषण, उत्पीडन हुँदै आएको छ । त्यसकारण यो स्पष्ट छ कि सामन्तवादमा आधारित ब्राम्हणवादी राज्यसत्ताको उन्मूलन नै उनीहरूको मुक्ति हो । जनआन्दोलन २०६२/०६३ ले ब्राम्हणवादी राज्यसत्ताको बलियो आधार भएको दुईसय चालीस वर्षदेखि नेपाली जनतामाथि शासनगर्दै आएको नेपालको शाहवंशीय राजतन्त्रको अन्त गरेर गणतन्त्र नेपालको स्थापना गरेको छ । तर राजतन्त्रको अन्त्य भए तापनि सामन्तवादमा आधारित ब्राम्हणवादी राज्यसत्ताको अन्त्य चाहीं भएको छैन । किनभने ‘ब्राम्हणवाद’ शव्द मूलतः धर्मसँग सम्वन्धित छ र मूलतः हिन्दूधर्मसँग सम्बन्धित छ । किनभने पौराणिककालतिर ‘ब्राम्हणवाद’को अर्थ वेद तथा उपनिषद आदि धार्मिक ग्रन्थहरूद्वारा निर्दिष्ट कर्मकाण्डको आधारमा अवलम्वन गरिएको जीवनदर्शनलाई जनाउँदथ्यो । पछि गएर यसले आफूलाई ‘पौरोहित्याइँवाद’को रूपमा अगाडि ल्यायो । यो मूलत धार्मिक ब्राम्हणवर्गमा पाइने नितान्त स्वार्थी, जातीय सर्वसत्तावादी मानसिकता, मनोवृत्ति एवं त्यसको आधारमा स्थापित तथा सञ्चालित पद्धति हो । यसको जरो नेपालको सन्दर्भमा सामन्तवादी राज्यसत्तासंग जोडिएको छ, त्यसैकारण नेपालको सामन्तवादी राज्यसत्तालाई  ब्राम्हणवादी राज्यसत्ता पनि भनिन्छ । तर यसको अर्को पक्षबारे पनि हामी त्यत्तिकै सचेत हुनै पर्छ, त्यो भनेको के नेपालमा सामन्तवादी राज्यसत्ताको अन्त्य हुदैमा ‘ब्राम्हणवाद’ र ‘पौरोहित्याइँवाद’को अन्त्य स्वतः हुन्छ ? हुँदैन । किनभने ‘ब्राम्हणवाद’ र ‘पौरोहित्याईवाद’को अस्तिŒव केवल हिन्दू धर्मावलम्बीहरूमा मात्रै छैन, अन्य धर्मावलम्वीहरू जस्तै वौद्व, क्रिस्चियन, मुस्लिम आदिमा पनि यसले बलियो गरी जरा गाडेको छ । ती सबै धर्मावलम्वीहरूको बीचमा पनि शोषित पीडित र दलितहरू छन । त्यहा“ पनि काफी हदसम्म एक वा अर्को तरिकाको ‘पौरोहित्याइँवाद’को अस्तित्व छ । त्यसकारण सामान्य अर्थमा सामन्तवादको अन्त्य भएर त्यसको स्थानमा अन्य वुर्जुवाखालको राज्यसत्ता स्थापना भएमा त्यसको अन्त्य हुन्छ भनेर कल्पना गर्नु गम्भीर गल्ती गरेको ठहर्छ । सामन्तवादी राज्यसत्ताको अन्त्य पछि आउने पु“जीवादी व्यवस्थामा यसको  अस्तित्व रहिरहेका प्रशस्त उदाहरणहरू छन् ।  नेपाल पनि यसबाट अलग रहन सक्दैन ।

त्यसकारण नेपालको सन्दर्भमा पनि यसबाट निराकरणको सही मार्ग खोज्न सहयोग गर्ने हतियार भनेको माक्र्सवादी–लेनिनवादी विश्व दृष्टिकोण नै हो । यो भनेको सर्वहारावर्गीय विश्व दृष्टिकोण हो । माक्र्सवादवारे तथा माक्र्सवादी विश्वदृष्टिकोणवारे  लेनिनको निम्न भनाइले नेपालमा जातीय समानताको निम्ति अपनाउन पर्ने क्रान्तिकारी दिशाको निर्धारण गर्न र दलितवर्गको मुक्ति तथा अन्य जाति तथा जनजातिको मुक्तिको मार्गलाई सुनिश्चित गर्दछ । यसमा जोड दिदै लेनिन भन्नुहुन्छ– ‘माक्र्सवादी सिद्वान्त सर्वशक्तिमान छ, किनभने यो सत्य छ । यो व्यापक तथा सुसंगत छ र यसले मानिसहरूलाई यस्तो सिंगो विश्व दृष्टिकोण प्रदान गर्छ, जुन कुनै पनि रूपको अन्धविश्वास, प्रतिक्रियावाद वा पु“जीवादी उत्पीडनप्रति समर्थनको विरोध गर्छ ।’

समग्र दलितहरूको मुक्तको सही दिशा निर्देश गर्नु महŒवपूूर्ण छ, तर त्यो आफैमा प्राप्त हुँदैन, किनभने त्यसको प्राप्तिको निम्ति एउटा क्रान्तिकारी संगठनको कर्तव्य भनेको, प्रथम त्यस्ता कार्यकर्ताको पहिचान र छनोट हो, जसले आफ्ना नाराहरूलाई कार्यक्रमको रूप दिएर सबै शोषित पीडितहरूको बीचमा स्थापित गराउन सहयोग गर्छन् र दोस्रो उनीहरूलाई ‘सर्वहारावर्गीय दृष्टिकोण’ र ‘मापदण्ड’को आधारमा सैद्धान्तिक र वैचारिक रूपमा प्रशिक्षित, संगठित र आन्दोलित गराउँदै लैजाने काम गर्छन् । यसको निम्ति देशमा हजारौंको संख्यामा त्यस्ता कार्यकर्ताको जरूरत पर्दछ, जो जनसमुदायसँग मिलेर काम गर्न तयार छन् र त्यसको निम्ति प्रशिक्षित छन् । नेपालका दलितहरू भनेका नेपालमा विद्यमान सबै प्रकारका शोषणका प्रतिक हुन्, त्यसैकारण दलितको मुक्ति आन्दोलनमा सहभागी दलित कार्यकर्ताहरूको दैनिक आवश्यकता र पारिवारिक खा“चो पूरा गराई दिने वैकल्पिक उपाय आदिबारे जानकारी लिनु र त्यसको निराकरण गर्न प्रयास गर्न उनीहरूसँग नियमित भेटघाट र बैठकहरू गर्नु र उनीहरूले गरेका कामका प्रयासहरूलाई अगाडि वढाउन सहयोग र समर्थन जुटाउनु एउटा क्रान्तिकारी संगठनको महत्वपूर्ण काम हुन जान्छ । वर्तमानमा त्यस्ता राजनीतिक दल तथा संघ संगठनहरूको कुनै कमी छैन, जसले क्षणिक रूपमा दलितहरूको आवश्यकतालाई पैसा दिएर र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा जागिर दिएर उनीहरूलाई आकर्षित गरिरहेका छन् । तर त्यसबाट दलितको एउटा परिवार तथा केही परिवारहरूको आर्थिक तथा सामाजिक प्रतिष्ठामा क्षणिक (आफ्नो जीवनभर वा बढीमा एक वा दुई पुस्ता) फरक आउला तर समग्र दलितको मुक्ति आन्दोलनमा र सर्वहारावर्गको मुक्ति आन्दोलनमा आमुल फरक ल्याउँदैन । तिनका आउने पिंढी पुनः दलितको दलित नै रहिरहने बढी सम्भावना रहन्छ । यो आमूल परिवर्तनको महान जिम्मेवारी त्यस्तो पार्टीले लिन सक्दैन, जसले साम्राज्यवाद र विस्तारवाद प्रतिको झुकाव र उनीहरूकोे सहयोग र समर्थनमा मात्रै सत्तामा जाने सपना देख्दछ । यस्तो चरित्र र प्रवृत्ति भएका दल तथा नेताहरूले सधैंभरि ती साम्राज्यवादी र विस्तारवादी देशहरूलाई कसरी खुशी राखिरहने र उनीहरूको चित्त नदुखाउनमा नै आफूलाई केन्द्रित गर्नमा रहन्छ । यसका साथै ती साम्राज्यवादी र विस्तारवादी देशहरूले विभिन्न जाति जनजाति, धर्म र सम्प्रदायका मानिसहरूस“ग पनि आफ्नो पहु“च र प्रभावमार्फत नेपालको वामपन्थी आन्दोलनलाई कमजोर र दिग्भ्रमित पार्ने काममा आफ्नो शक्ति लगाएका हुन्छन् र कतिपय राजनीतिक शक्तिहरूले उठाएका जातिवादी वा क्षेत्रीय प्रकारका नाराहरूलाई सहयोग र समर्थन दिएर आफ्ना राजनीतिक तथा साम्राज्यवादी र विस्तारवादी स्वार्थहरू पूरा गर्न प्रयत्न गरिरहेका हुन्छन् । त्यसबाट जातीय वा क्षेत्रीय विद्वेषहरू वढ्ने सम्भावना रहने छ र जनताको ध्यान दलितहरूको  वास्तविक मुक्ति आन्दोलनबाट टाढा गराउन मद्दत मिल्ने छ ।

नेपाल र नेपालीको स्वाभिमान र स्वतन्त्रतास“ग नै गा“सिएको यो सवाल वर्गीय रूपले माक्र्सवादी–लेनिनवादी विचार र सिद्धान्तस“ग गा“सिएको सवाल हो । त्यसकारण दलितहरूको मुक्तिलाई समग्रमा वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनस“ग नजोडिकन नेपालका दलितहरूको मुक्तिको आशा गर्नु भनेको माक्र्सदेखि माओसम्मले सधंैभरि ‘आखिर सबै कुराको फैसला सही सिद्वान्तमा आधारित राजनीतिले गर्दछ’ भन्ने विज्ञानसम्मत भनाइको विपरीत जानु हो, दलितहरूको मुक्तिलाई अँध्यारो खाडलमा लगेर खसाल्न सहयोग गर्नु हो । –Singhhukum683@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here