सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

173

काठमाडौं /  काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछिरहेको अवस्थामा गाडी अचानक अगाडि बढ्न गई नजिकै पार्किङ गरेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्कर खाँदा बा.१ प १०१५ नम्बरको गाडीका सह-चालक भक्तपुर चाँगुनारायण नगरपालिका-४ घर भएका २५ वर्षीय अभिषेक तामाङको शनिबार बिहान मृत्यु भएको छ । ठक्कर खाँदा च्यापिएर गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया, राजापुर नगरपालिका-१० मंगलपुरस्थित सडकमा बा.७४ प २७१३ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक संगम चौधरीको नर्सिङहोम अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here