सुनसरीमा मध्यराति भयानक दुर्घटना, ७ जनाको मृत्यु

92

इटहरी– सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ।

वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति करिब साढे १२ बजे ठक्कर दिएको हो।

प्रहरीका अनुसार सातै जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा  दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई  रहेका छन्। त्यस्तै, एम्बुलेन्स चालक उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवारको पनि मृत्यु भएको छ । मृतक सबैको शव सुनसरीको इनरुवा अस्पतालमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here