विप्लव नेकपाद्वारा दोस्रो चरणको सङ्घर्षको घोषणा(विज्ञप्तीसहित)

294

काठमाडौं–  भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेको विरुद्ध  नेकपाले दोस्रो चरणको सङ्घर्ष घोषणा गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले शनिबार प्रेसविज्ञप्ति जारी गरेर भारतीय हस्तक्षेपविरुद्ध सङ्घर्षका नयाँ कार्यक्रमहरू सार्वजनिक गरेका हुन् । विज्ञप्तिमार्फत मङ्सिर १५ देखि २६ गतेसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ । यसअघि नेकपाले भारतीय हस्तक्षेपविरुद्ध पहिलो चरणको सङ्घर्ष सम्पन्न गरिसकेको छ ।

भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध यसअघि साताव्यापी सङ्घर्ष सञ्चालन गरेको नेकपाले शनिबार दोस्रो चरणको सङ्घर्षको कार्यक्रम सार्वजनिक गरेको हो । सङ्घर्षका कार्यक्रमहरूअन्तर्गत जुलुुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावासअगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम गर्ने रहेका छन् ।

साथै विज्ञप्तिमा नेकपाले वर्तमान केपी ओली सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवादसामु लाचार बनेको जनाइएको छ ।

देशको माटो रक्षार्थ उठेको आक्रोश, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरू कुनै तरिकाले पराजित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here