६८ केजीमुनिको समूहमा नेपाललाई स्वर्ण

109

ललितपुर / वीरबहादुर महराले आज पाकिस्तानी प्रतिद्वन्द्वीलाई फाइनलमा हराउदै जारी १३ औं सागअन्तर्गत पुरुष ६८ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेका छन्।

सातदोबाटोस्थित तेक्वान्दो हलमा वीरबहादुरले पाकिस्तानका मोहम्मदलाई ४१–३६ को स्कोरमा हराएर स्वर्णमा कब्जा जमाएका हुन् । तेक्वान्दोमा योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ९ पुगेको छ। यसअघि मंगलबारै काजोल श्रेष्ठले महिला ४६ केजी तौल समुहमा स्वर्ण पदक जितेकी थिइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here