भारतद्धारा चन्द्रमामा पठाएको चन्द्रयान ८७ दिनपछि भेटियो

15

एजेन्सी / भारतीय कम्प्युटर प्रोग्राम तथा मेकानिकल इन्जिनियर सनमुग सुब्रमण्यमले जुटाएको प्रमाणमाथि अनुसन्धान गरेपछि अमेरिकी अन्तरिक्ष एजेन्सी ९नासा०ले विक्रम ल्याण्डरको अवशेष भेटिएको पुष्टि गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० ले चन्द्रमामा पठाएको विक्रम ल्याण्डर सम्पर्क विच्छेद भएको ८७ दिनपछि भेटिएको हो । नासाले आफ्नो अर्बिटरबाट लिएका तस्बिर सार्वजनिक गरेको छ । जहाँ विक्रम ठोक्किएको स्थान समेत देखाइएको छ । यसका साथै  नासाले चेन्नइका इन्जिनियर सुब्रमण्यमलाई धन्यवाद समेत दिएको छ । गत सेप्टेम्बर ७ मा भारतले चन्द्रयान-२, विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पठाएको थियो । तर चन्द्रमाको सतहमा अवतरण हुनुभन्दा २ दशमलब १ किलोमिटर परबाटै सम्पर्क विच्छेद भएको थियो ।

वैज्ञानिकहरुले विक्रमलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने तयारी गर्दैथिए । यसपटक भारतीय प्रोग्रामबाट प्रमाण भेटेपछि मात्रै नासाले अनुसन्धान सुरु गरेको हो । उसले सार्वजनिक गरेका तस्बिरमा विक्रमको अवशेषलाई रेखांकन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here