साग फुटबलमा नेपालले भुटानलाई हरायो

26

काठमाडौं / नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले भुटानलाई हराएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले ४—० को फराकिलो गोल अन्तरले हराएको थियो । खेलमा कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले १—१ गोल गरे । खेलको पाँचौ मिनेटमा ६ यार्ड बक्सनजिक अनमार्क रहेको अवस्थामा फिनिस गर्दै गोल गरेका थिए । नेपालले त्यसअघि अनन्त तामाङको हेडरमा गोलरक्षकले क्लियर गर्दा अग्रता लिन चुकेको थियो ।

नेपालले खेलको अधिकांश समय भुटानमाथि दवाव कायम गरेको छ । ३२ औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा अभिषेक रिजालको प्रहारले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफको ५० औं मिनेटमा सुजलले अग्रता दोब्बर पारे । त्यसको १५ मिनेटपछि अभिषेकले डाइभिङ हेडरमा गोल गर्दै नेपाललाई ३(० ले अगाडि बढाए । मिक्छेन तामाङले फ्रिकिकमा सिधै गोल गरेपछि नेपालले ४—० को अग्रता लिएको थियो । जितसँगै नेपालले ३ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भुटानको पनि ३ अंक नै छ । श्रीलंका र माल्दिभ्सको १—१ अंक रहँदा बंगलादेश अंकविहीन रहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here