कहिले होला त देशमा परिवर्तन ?

37

श्याम क्षेत्री

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाल सिमाका भुभाग आफ्नो तिर देखाए सगै देशमा सिमा बचाउन बिभिन्न बिरोधका कार्यक्रम भइरहेको छ । सबैलाई देशको माया छ। भारतीय मिचाहा प्रवृत्तिको बिरोध हुनु जरुरी पनि छ, र यसको समाधान कुटनीति तरिकाले नै समाधान गर्न पहल चालिएको पनि सुन्नमा आएको छ।

यसै बिच देश चुनावमय बन्यो, मङ्सिर १४ गते शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक पनि भैसक्यो। चुनावी दौरान कतै कतै केहि बम बिष्फोट र कतै छिटफुट कुटपिटका घटना घटेको बिभिन्न सन्चार माध्यमबाट सुन्न पाईएता पनि कुनै ठुलो अप्रिय घटना भने भएन यसलाई सोहद्रपुर्ण वातावरणमा नै उपनिर्वाचन सम्पन्न भएको मान्न सकिन्छ। प्रशासनको पनि राम्रो भुमिकाकै कारण चुनाव सफल भएको हो।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानियतहको ५२ सिटका लागि उपनिर्वाचन भयो। निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले ३० स्थानमा विजय हासिल गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । यस्तै, समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन स्थानमा विजय हासिल गरेका छन् । एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजय हासिल गरेको हो ।

समाजवादीका उम्मेदवारले चार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले तीन वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भए । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्य एक पद जितेको छ भने एकजना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा अव नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । सिट सङ्ख्याका आधारमा उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा खासै असर नगरे पनि जनप्रतिनिधि छनोटको आधारमा भने केही फेरबदल भएको छ ।

अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् । प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जित दोहोऱ्याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट सङ्ख्या बढाएको छ ।

बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको सङ्ख्या बढाएको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीनवटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट सात महिला, सात मधेशी, १८ आदिवासी जनजाति र एक अल्पसङ्ख्यकको चयन भएको जनाएको छ।

यो परिणामले देशका प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली कांग्रेसले आ-आफ्नै स्थानबाट नतिजा चित्तबुझ्दो आएको स्विकार गरिरहेका छन। कतै नेकपाको लाल किल्ला तोडिएका छन भने कतै नेपाली कांग्रेसको गढ भत्किएका छन।

अब कुरा गरौ नेपाली जनताको निर्वाचन अघि पुराना दल भनिएका नेकपा र नेका प्रति सामाजिक सन्जालमा निकै आक्रोश पोखिरहेको देख्न पाईएको थियो। जनताका ति सबै आक्रोशहरु देख्दा के अब नेपाली जनताले परिवर्तन चाहेकै होरु के अब नया दलका नया अनुहार आउने हुन कि भन्ने आभास हुन थालेको थियो, तर बिडम्बना सामाजिक सन्जालमा आक्रोसित भएकाहरुले नै पुनस् उनै दलहरुलाई भोट दिएर बिजयी गराएका छन।

देशमा परिवर्तन गर्छौ, भन्दै चुनावमा भोट माग्दै हिडेका कतिपय नयाँ दलका जमानतनै जफ्त हुन पुग्यो। जनताले अझै परिवर्तन नचाहेको यस पङ्तिकारलाइ लागिरहेको छ।होटलमा खाजा खान जाने अनि उल्टाइपल्टाइ सबै मेनु पढने र अन्तिममा नेपालीलाई मन पर्ने त्यहि मस्म चाउमिन त हो भन्दै पुनस् त्यहि मगाउने अनि खाने गरे जस्तै देखियो, यो उपनिर्वाचनको परिणाम।

कहिले हो त बिकासका मुल फुटने, कहिले देश परिवर्तन हुने, कहिले हो भष्टाचारको अन्त हुने यी र यावत कुराको लागि अब देशका नयाँ जनशक्तिले यी दलहरुलाई झक्झकाउने बेला आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here