हप्ताको अन्तिम दिन सेयर बजार उत्साह

24

काठमाडौं / आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेनज (नेप्से) परिसुचक ७ दशमलव ४५ अंकले बढेर एक हजार एक सय ३१ दशमलव ९२ अंकमा पुगेको हो । नेप्से बढ्दा सेन्सिटिभ इन्डेक्स्ट पनि शुन्य दशमलव ९१ प्रतिशतले बढेर २४८ दशमलव ७७ अंकमा पुगेको छ । बजारमा १६८ कम्पनीका १० लाख ९५ हजार १८८ कित्ता सेयर ३५ करोड ८८ लाख ३९ हजार ८६० रुपैयाँमा कारोबार भएको हो । यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये उत्पादनमुलक समूह ओरालो लाग्यो भने अरु सबै सुचक उकालो लागेकाे ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर तीन करोड ५१ लाख ३१ हजार ८०१ रुपैयाँमा कारोबार भएको हो । नेप्से बढेको दिन समित लघुवित्तका लगानीकर्ताले सर्वाधिक सात दशमलव ७८ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, दिव्यश्वरी हाइडा«ेपावरका लगानीकर्ताले सर्वाधिक सात प्रतिशत सेयर मूल्य गुमाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here