चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्छु : सभापति देउवा

112

रूपन्देही / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र बसेर चुनाव हराउन भूमिका खेल्नेलाई कारबाही गर्ने जनाएका छन्। मंसिर १४ मा भएको उपनिर्वाचनबारे समीक्षा गर्न मंसिर २६ गते केन्द्रीय समिति बैठक डाकिएको उल्लेख गर्दै देउवाले अन्तरघात निर्मूल पार्ने जनाए ।

कांग्रेस रूपन्देही सिद्धार्थनगर समितिको दोस्रो नगर भेला उद्घाटन गर्दै शनिबार देउवाले भने, ‘पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, विद्रोही उम्मेदवार बन्ने र त्यसका प्रस्तावक, समर्थकलाई कारबाही गर्छु।’

पार्टीभित्र हुने अन्तरघातलाई हटाउन पनि त्यस्ता कार्यकर्तालाई कारबाही गर्नु आवश्यक रहेको उनले जनाए । ‘अन्तरघातको खेल डरलाग्दो हो,’ उनले भने, ‘यस्तो प्रवृत्तिले भविष्यमा दुस्ख दिन्छ। अहिले कारबाही गरेर जानुपर्छ।’

कार्यक्रममा सभापति देउवाले पाँच जना अपांगता भएकाहरूलाई ह्वील चियर र ४४ जना गरिब, जेहेन्दार विद्यार्थीलाई साइकल पनि हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here