जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

378

बारा /जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका-१९ बस्ने आर्यन भन्ने २१ वर्षीय संदिप शर्मालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

२०७६ असोज २३ गते राति १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here